24 November 2015

MRR ले काठमाण्डौमा सडकभोज गर्दै


मिलन दाहाल २४ नोभेम्बर २०१५, काठमाण्डौ- सक्रिय युवाहरुको फेसबुक पेज मेन्स रुम रिलोडेड (Mens Room (Reloaded)) अर्थात MRR ले नाकाबन्दीले उत्पन्न उर्जासंकटलाई मध्यनजर गर्दै काठमाण्डौका बिभिन्न ३ ठाँउमा सामुहिक भोजनको प्रबन्ध गर्ने भएको छ । मंसिर ६,७ र ८ गते सांझ ५ बजेबाट हरेक दिन ५०० जनालाई नि:शुल्क भोजनको ब्यवस्था गरिएको बताईएको छ । 

'देशको परिस्थितिलाई मध्यनजर गर्दै ७२,००० युवाहरूको सामाजिक सञ्जाल समूह Men's Room Reloaded (MRR) ले STEP FOR CHANGE संगको सहकार्यमा ३ दिने सडकभोज कार्यक्रम आयोजना गर्न लागेको छ । ३ दिन काठमाडौंका ३ फरक स्थानमा गर्न लागिएको यो कार्यक्रम भविष्यमा सम्भव भएसम्म देशव्यापी रूपमा अघि बढाउने योजना रहेको छ ।' ग्रुपले भनेको छ । 

विशेषगरी सडकबालबालिका, असहाय वृद्धवृद्धा, भूकम्पपीडित विधार्थीवर्ग, अति न्यून आय भएका देखि उच्च आय भएका, ईन्धन अभाव भएर खाना नपाकेका घरधूरी लाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रमको उदेश्य एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ, मेरो मात्र घरमा चुलो बलेर हुन्न छिमेकिको घरमा पनि बल्नुपर्छ र यदि बल्दैन भने मेरो ठांउबाट मैले सकेको सहयोग छिमेकीलाई गर्नुपर्छ ता कि मलाई परेको बेलामा छिमेकीले मलाई सहयोय गर्न आवोस भन्ने खालको सहयोगको भावना जागृत गराउनु रहेको छ । 



विश्वभर छरिएर रहेका नेपाली युवाहरुको बिशुद्द सामाजिक अभियानका कारण देशमा परेको समयमा निक्कै रचनात्मक कार्यक्रमहरु हुने गरेका छन । रगतको समस्या भएको समयमा ग्रुपले रक्तदान कार्यक्रमको आयोजना गर्ने, कोही आर्थिक समस्यामा परेको भए ग्रुपका युवाहरुले सामुहिक सहयोग गर्नेलगायतका रचनात्मक कार्यहरुमा यो ग्रुप सक्रिय छ । नेपालमा आएको बिनासकारी भुकम्पको समयमा यसले सक्रिय रुपमा मानविय सेवाका कार्यहरु संचालन गरेको थियो भने नाकाबन्दीको समयमा ग्रुपका सदस्यहरुले सकेसम्म जनतालाई लिफ्ट दिने कार्य गर्दै आइरहेका छन ।

No comments :

Post a Comment