24 November 2015

कमल थापाले थर्काए किन भारतीय राजदुतलाई ?

Kamal-Thapa
२४ नोभेम्बर २०१४, काठमाडौं  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय राजदुत रंजित रायबीच सोमबार सिंहदरवारमै भनाभन भएको छ । भारतीय राजदुत रंजित रायले बुद्धिजिवी, कुटनीतिक नियोगका प्रमुखहरुलाई छुट्टा छुट्टै दुतावास र होटलहरुमा बोलाएर सरकारबिरुद्ध मोर्चाबन्दी गरेपछि परराष्ट्रमन्त्री थापाले आक्रोस पोखेका थिए ।

‘होटल र दुतावासमा बोलाएर मोर्चाबन्दी गरिदैछ भन्ने समाचारहरु आएका छन् के हो सत्य महामहिम’, सोमबार परराष्ट्रमन्त्रालयमा मन्त्री थापाले सोधे ‘तराईमा आन्दोलन, राजधानीमा मोर्चाबन्दी यसको अर्थ के लाग्छ ? महामहिम हामी पनि त्यति लाटो छैनौ ।’

कुटनीतिक भाषा समेत प्रयोग नगरी थापाले आक्रोस पोखिरहे ‘अन्य कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि तपाईले भ्रम दिनु भएछ यो राम्रो भएन, नेपाल स्वाधिन मुलुक हो’, थापाले भने ‘आन्दोलनरत मधेसबादी दलहरुले खुलेआम हामीलाई भारतको सहयोग छ भन्दै आएका छन्, यसलाई कसरी बुझ्ने ?’
केही दिनअघि भारतीय दुतावासले होटल सांग्रिलामा केही नागरिक समाज र बुद्धिजिवीलाई बोलाएर नाकाबन्दीका बिषयमा छलफल गरेका थिए । भारतीय दुतावासको अन्तरक्रियामा सहभागि डा. भगवान कोइरालाले नाकाबन्दी गरेर भारतले मानवीय अपराध गरेको बताएका थिए भने अधिकारकर्मी पद्मरत्न तुलाधरले नाकाबन्दी लगाउनु सही भएको बताएका थिए ।
३५ मिनेटको भेटमा अधिकांस समय परराष्ट्रमन्त्री थापा आक्रोसित भइरहे । उनले नेपालको यर्थाथलाई बंग्याउने कोशिस नगर्न उनलाई चेतावनी समेत दिए । थापा आक्रोसित भएपछि असहज मान्दै भारतीय राजदुत रायले भने ‘भारतको सवैभन्दा नजिकको छिमेकी राष्ट नेपाल हो, यसको समस्याप्रति हामी पनि चिन्तित छौ तर नाकाबन्दी भारतले गरेको होइन, आन्दोलनका कारण पारवहान अवरुद्ध भएको हो ।’

भारतीय राजदुत रायको प्रतिक्रियापछि थापाले भने ‘नेपालको आन्तरिक मामिला हो यो सुल्झन्छ, पारवहान सुचारु गर्नुहोस, सरकार सुरक्षा दिन तयार छ ।’ पहिले निकै आक्रामक भएका थापा बिस्तारै शान्त हुँदै गएका थिए ।
परराष्ट्रमन्त्री थापालाई भेटर बाहिर निस्किँदा भारतीय राजदुत राय निकै तनावमा देखिन्थ्थे । उनले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिन पनि अस्वीकार गरे । परराष्ट्रमन्त्रालयले विदेशी कुटनीतिक नियोगका प्रमुख र पूर्वपरराष्टमन्त्रीहरुसँग पनि छलफल गर्ने भएको छ ।

No comments :

Post a Comment