23 November 2015

ह्वाइटहाउस अगाडि भारतविरूद्ध बिशाल प्रदर्शन

भारतले नेपालमा गरेको नाकाबन्धीको बिरोधमा अमेरिकामा नेपालीहरूले विशाल प्रदर्शन गरेका छन्। करिब २ हजारको संख्यामा विभिन्न राज्यबाट आएका नेपालीहरूले भारतीय रवैया विरूद्ध नारा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलको नेतृत्वमा गएको जुलुसमा क्षेत्रीय संयोजक रोनाम लामा, आइसिसी सदस्यहरु खगेन्द्र जिसी, नविन शेरचन तथा एनआरएन अमेरिका, जनसम्पर्क समिति अमेरिका, एएनए, प्रबासी मञ्च अमेरिका, स्थानीय संस्थाहरुका साथमा, स्वतस्फूर्त आएका हजारौं नेपालीहरूको सहभागिता थियो।
पत्रकार विजय पौडेलका अनुसार आजको प्रदर्शन व्ह्वाइट हाउस अगाडि गर्नुको कारण अमेरिकी राष्ट्रपती बारक ओबामालाई भारतलाई भनेर मिलाई देउ भन्नलाई होइन, विश्व राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने व्ह्वाइट हाउस अगाडिको प्रदर्शनले भारतको त्यो अमानवीय कृयाकलापको अन्तर्राष्ट्रियकरण गर्न मद्घत पुग्छ भनेर हो।

No comments :

Post a Comment