09 October 2015

भारतीय दलाल राजेन्द्र महतो लगायतलाई भौतिक कारबाही हुने

Mahato-karbahi

पर्चामा राजेन्द्र महतोलाई भौतिक कारवाही गर्ने उल्लेख गर्दै राज्यलाई भारतको आगाडि नझुक्न सल्लाह दिएको छ । ‘नुन तेलको बाहनामा लाइनमा बसी सरकारलाई दबाब नदेउ, हामी आधापेट खाएर बस्न सक्छौ, भारतसँग नझुक, भारतीय दलाल राजेन्द्र महतो, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, महन्थ ठाकुरलाई जनकारवाही गरौं, राजेन्द्र महतो काठमाडौमा जहाँ भेटिए त्यही भौतिक कारवाही गर्नेछौ’ जस्ता नारा सहितको पर्चा त्यहाँ छरिएको थियो । नारा जुलुस लगाउँदा त्यहाँ प्रहरीको पनि उपस्थिति थियो ।

‘प्रहरी नभएको भए त्यो समूहले घरमा तोडफोड र आगजनी गर्न सक्थ्यो,’ सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले भने, ‘प्रहरीकै अगाडि उच्छृंखल युवाहरु नेतालाई भौतिक कारावही गर्ने, जिउँदै जलाई दिने जस्ता नारा लगाउँदा उनीहरु मुकदर्शक भएर बसेका थिए ।’ युवाहरुलाई रकम दिएर सरकारले नै तोडफोड र नारालगाउन लगाएको नेता महतोको आरोप छ । हिजो पनि घरको अगाडि नारा जुलुस लगाउनुको साथै पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । भारतको गोटी बनेर तराईबासी नेपालीहरुलाई दुख दिईरहेका राजेन्द्र महतो, उपेन्द्र यादव, महन्त ठाकुर लगायतकाहारुसंग पहाडी युवाहरु क्रुद्द बनेका छन । उनिहरुलाई कतै भेटे जे पनि हुन सक्ने एक सहभागीले बताए ।


No comments :

Post a Comment