09 October 2015

शुशिलले फेरेपनि बोली, पक्का प्रधानमन्त्री हुनेभए अोली

Image result for kp oli
९ सेप्टेम्बर २०१५,  काठमाडाैं-प्रधानमन्त्रीका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन जनाउनका लागि साना १४ दल वालकोटस्थित निवासमा पुगेर फर्केका छन्। नेकपा मालेका महासचिव सीपी मैनालीले साना दलले एमालेसहित कांग्रेस, एनेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको 'भद्र सहमति' अनुसार नै सरकार गठन गर्न सुझाव दिएका छन्।'प्रमुख दलबीच भएको भद्र सहमति अनुसार नै सरकार गठन गर्न सुझाव दिएका छौं,' मैनालीले नागरिकन्युजसँग भने, 'यदी कांग्रेस त्यसो गर्न चाहदैन भने एमालेले बहुमतीय प्रक्रियामा जानुपर्छ, हामी साथ छौ भनेर फर्क्याैं।' उनका अनुसार नेकपा मालेले एमालेको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन जनाउने यसअघि नै निर्णय गरेको थियो। अोलीले अफूलाइ समर्थन गर्न अाग्रहसहितको लिखित पत्र दलहरूलाइ पठाएका थिए।

ओली निवासमा पुगेका मालेसहित नेकपा संयुक्त, राप्रपा, परिवारदलसहित साना १४ दलले समर्थन जनाउने बचनबद्धता दिएर फर्केको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए।

'माधव नेपालले हाम्रो अध्यक्षलाई भोट दिनु पर्यो भनेर भन्नु भयो, हामी १४ दलले सकारात्मक छौं भनेर जवाफ दिएका छौ,' ढकालले भने, 'मुख्यतः तपाईहरु तीन दलले गरेको भद्र सहमति अनुसार नै अघि बढनुहोस्, कांग्रेसलाई पनि समावेश गराउनुहोस् भन्ने सुझाव पनि दिएका छौं।' गत जेठ २५ गते भएको १६ बुदेँ सहमति ताका भएको 'भद्र सहमति' अनुसार सरकार गठन गर्न उपस्थित सबै दलले सुझाउ दिएका छन्। उपस्थित सबैजसो दलले ओलीको नेतृत्वको सरकारमा कांग्रेस पनि समावेश हुनुपर्नेमा जोड गरेको उनले जनाए।

ढकालका अनुसार सो संयुक्त बैठकमा ओलीको पक्षमा नैतिक समर्थन जनाउने सभासदको संख्या ३०७ पुगेको छ र अझ बढन सक्ने संभावना रहेको बताइएको छ। अध्यक्ष ओलीलाई मत दिने बारेमा औपचारिक निर्णय गर्न उपस्थित दलले शुक्रबार र शनिबार बैठक डाँकेर निर्णय लिने जनाएका छन्।

साना दलसँगको बैठक सकिए लगत्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको टोली वालकोटस्थित ओली निवास पुगेको छ। त्यसपछि, राप्रपा नेपालका अध्यक्ष कमल थापाको टोली त्यहाँ पुग्ने कार्यक्रम बनेको जनाइएको छ।

यसरी बयोबृद्द शुशिल कोईरालाले देशको यो बिषम परिस्थितीमा भद्र सहमती तोडेपनी जनताले निकाश दिनसक्ने सामर्थ्य बोकेका भनेर आंकलन गरेका नेकपा एमालेपा नेता केपी अोली बहुमतका अादारमा भएपनि प्रधानमन्त्री बन्ने निश्चित देखिएको हो ।

No comments :

Post a Comment