16 October 2015

बाबुरामले पुर्व राजासँग मिलेर नया पार्टि खोल्दै

babu
१६ अक्टोबर २०१५, काठमाण्डौ० एनेकपा माअाेवादीका नेता डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहबीच निकट भविष्यमै नयाँ शक्ति वा नयाँ पार्टी खोल्ने सहमति भएको खुलासा भएको छ । यस पार्टीमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का समेत रहने स्रोतको दावी छ ।
गत संविधानसभाको निर्वाचनमा एमाओवादी तेस्रो शक्ति बनेपछि डा. भट्टराई पार्टीभित्र विद्रोह गर्दै आएका छन । डा. भट्टराई मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको बेला करका दायरा बढाउनु भएकाे र राजधानीका सडक बढाएका थियाे ।

उनको कार्यशैलीले जनता खुशी भएपनि माओवादी फुटका कारण पार्टी संविधानसभाको दोस्रो निर्वाचनमा तेस्रो शक्ति बनेको उनको ठम्याई रहेको बुझिएको छ । भारतीय शक्तिहरूको दवाव आएपछि डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतामा अब मुलुकले नयाँ शक्ति पाउने एक राजावादी पूर्व मन्त्रीले बताएका छन ।
डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन हुने सो पार्टीको नाम ‘सोसलिष्ट पार्टी’ हुने भएको छ । राजा शाह त्यसको संरक्षणको पदमा बस्ने र डा. भट्टराईले पार्टीको अध्यक्ष पद लिने भित्री सहमति समेत भएको समाचार सुत्रको दावी छ ।
नेपाली कांग्रेस पार्टीको विकल्पमा बन्ने सो पार्टीले राजा राष्ट्रपतिको रुपमा रहने गरि ‘लोकतान्त्रिक गणतन्त्र’को पक्षधरहरूबीच नै लड्न सो पार्टी गठन गर्न लागिएको हो । पूर्व राजाका मुख्य सहयोगीहरू पूर्व सचिव, पूर्व राजदुत, सच्चा राजावादी, उद्योगपतिहरू र डा. भट्टराईका पक्षधर एमाओवादीका उच्च नेताहरू रहने सो पार्टीको जन्म भने माघ ८ गतेपछि हुने राजदरबार सुत्रको दावी छ ।
गणतन्त्रको स्थापना भएपछि पहिलो संविधानसभाले मुलुकलाई नयाँ संविधान दिन नसकेको महंगीले आकाश छोएको शान्ति प्रक्रिया भाँडिएको र राजसंस्थाप्रति जनताहरूको चाहना फर्किएको देखिएपछि भारतको दवावमा पूर्व राजा र डा. भट्टराईबीच भित्री सहमति भई नयाँ शक्तिको खोजी भएको राजावादीका एक नेताले बताएका छन ।
भट्टराई प्रधानमन्त्री भएको बेला पूर्वराजालाई नागर्जुन दरबारबाट खेद्ने अभिव्यक्ति दिएका डा. भट्टराईले अहिले पूर्वराजासँग नजिक हुँदै नयाँ पार्टी निर्माण गर्नुको भित्री रहस्य फरक छ ।
कारण के छन् त ? पूर्वराजा ज्ञानेन्द्र शाहसँग केही शक्ति बाँकी नै छ । उनीसँग प्रशस्त पैसा छ, राष्ट्रपति बन्ने उच्च चाहना छ, डा. भट्टराईसँग विचार छ, संगठन गर्ने हिम्मत छ । यी दुवै मिली बनेको पार्टीले पुरानो कांग्रेस पार्टीको विकल्प दिन सक्ने सोच बनाएपछि पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने निश्चित भएको सुत्रको दावी छ ।
पूर्वराजा विरामी भएर नर्भिक अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई अस्पतालमै भेट्न डा. भट्टराई पुगेका थिए । यसले थप पुष्टी गरेको छ अब पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने छन् स्रोतको दावी छ ।
डा. भट्टराई पार्टी अध्यक्ष बन्ने पार्टीमा भने पूर्वराजा शाह संरक्षक हुने छन भने पूर्वमन्त्री श्री शम्शेर जवरा, पूर्व सेनापतिहरू पूर्व राजदुतहरू भट्टराई पक्षका नेताहरू र वरिष्ठ डाक्टरहरू वरिष्ठ समाजसेवीहरू वरिष्ठ पत्रकारहरू र कांग्रेस नेता खुमबहादुर खड्काको समेत सो पार्टीमा रहने बुझिएको छ ।
डा. भट्टराई पक्षका एक माओवादी नेताले बताए अनुसार माघ ८ गतेपछि मात्रै पार्टी घोषणा गरिनेछ । संविधान जारी गरेपछि हुने चुनावमा भाग लिने गरि उक्त पार्टी दर्ता हुने भएपनि तयारी भित्री रुपमा भईरहको स्रोतको दावी छ ।

No comments :

Post a Comment