09 October 2015

नेपाललाई नाकाबन्दी लगाएर धमाधम सीमा अतिक्रमण गर्दै भारत, नेपाली भूमीमा भारतीय बस्ती

कप्तानगन्ज, (सुनसरी) : भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भूमि र दशगजा क्षेत्रमा अतिक्रमण गरी बस्ती बसाएको छ ।

नेपाली भूमि अतिक्रमण गरी भारतले बस्ती बसाउँदा समेत नेपाल सरकार बेखबर बनेर बनेको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल भारतले नेपाली भूमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाएको देख्दा पनि रमिते बनेको छ ।

सुनसरीका एक दर्जन गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरी बसाएको बस्ती हटाउन नेपाल सरकारले कुनै चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ ।

भारतको विहारराज्य अन्र्तगत रहेको हररिया र सुपौल जिल्ला र नेपालतर्फको सुनसरीको सिमावर्ती गाविसमा भारतले नेपाली भूमि अतिक्रमण गरी बस्ती बसाएको  हो ।

दशगजा क्षेत्रमा जग्गा अतिक्रमण गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन मिच्दै भारताले एकलौटी दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाएको हो ।

भारतसँग सीमाना जोडिएका सुनसरीका हरीपुर, श्रीपुर लौकही, नरसिंह, बसन्तपुर, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज र अमडुवा गाविसमा हजारौ बिघा जमिन भारतले अतिक्रमण गरी बस्ती बसाएको छ ।

यस क्षेत्रको दशगजा क्षेत्रमा पनि भारतले अतिक्रमण गरी बस्ती बसाइ खेतीपाती गर्ने गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ का सांसद सीताराम मेहताले सुनसरीका दक्षिणि क्षेत्रको नेपाली भूमि र दशगजा क्षेत्रमा व्यापक अतिक्रमण भएको भन्दै अतिक्रमित भूमि खाली गराउन सरकारसँग माग गरेका छन् ।

उनले भारतले जबरजस्ती नेपाली भूमि अतिक्रमण गरेको घटनाको विरोध गर्दै बार्ताबाट समस्याको समाधान गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीसमेत नेपाली भूमि र दशगजा क्षेत्र अतिक्रमण हुँदा पनिचुप लागेर बसेको छ ।  
सशस्त्र प्रहरीले हराएको सीमास्तम्भको अधावधिक गर्नेबाहेक सीमा सुरक्षामा सिन्कोसमेत भाँच्न नसकेको स्थानीयवासिन्दाले आरोप लगाएका छन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग र दशगजा क्षेत्र नेपाल सरकारले फिर्ता गर्न नसकेको राजगन्ज सिनुवारीका गाविसका महेश्वर यादवले बताए । सप्तकोसीमा पुल बनेसँगै भारतले सयौं वर्षदेखि नेपाली भूमि अतिक्रमण गर्ने क्रम अझै नरोकिएको सीमा खोजीकर्ता गोपाल कोइरालाले बताएका छन् । उनका अनुसार सुनसरीका विभिन्न ११ गाविसमा भारतले नेपाली भूमि अतिक्रमण गरी भारतले दर्जनौ बस्ती बसाएको  छ ।
हरिपुर गाविसको कोसी व्यारेज इलाकाको सयौं विघा भूमि भारतले अतिक्रमण गरी बस्ती बसाएकोछ । श्रीपुर गाविस–१ स्थित लाही भन्सारक्षेत्र भारतले अतिक्रमण गरेको छ ।
श्रीपुर गाविसका पूर्वप्रधानपञ्च अबधनारायण मरबैताको पूख्र्यौली घर जग्गा नै भारतले जबरजस्ती आफ्नो पारेको पीडित मरवैताले बताएका छन् ।
कप्तानगन्ज गाविसको दशगजा क्षेत्रमा अतिक्रमण गरी भारतीय नागरिकका दुई दर्जन घर परिवार बसोवास गद्र्रै आएका छन् ।
साहेवगञ्ज गाविसमा पनि भारतले नेपाली भूमि र दशगजा क्षेत्रमा ५० भन्दा बढी घर बनाएर बस्ती बसाएको छ ।
लौकही, नर्सिङ, हरिपुर र श्रीपुर बसन्तपुर, घुस्की, देवानगञ्ज र अमडुवा गाविसको दजगजा क्षेत्रमा समेत भारतले अतिक्रमण गरी बस्ती बसाइसकेको छ ।
अतिक्रमित भूमि फिर्ता गराउन नेपाल सरकारले चासो नदेखाएको कप्तानगन्ज गाविसका स्थानीय उमेश मेहताले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लाका दक्षिणी भेगमा अतिक्रमित नेपाली भूमि खाली गर्न दुबै दशका प्रतिनिधि सहमत भएपनि मधेश आन्दोलनका कारण ढिलाइ भएको बताएका छन् । 

No comments :

Post a Comment