उनका अनुसार बिकिनीका लागि उनले खुबै मेहनत गर्नुप¥यो । उनले भनिन्,‘म त्यतिबेला खुब साइकल चलाउथेँ । त्यो ठाउँ यस्तो मन परेको ठाउँ थियो कि साइकल चलाउन साह्रै मजा आउँथ्यो । साइकल चलाएपछि मेरो शरिर त्यस्तै किसिमको बन्यो । त्यसकारण, बिकिनी लगाउँदा मैले बिनासंकोच खुलेर सुटिङ गरेँ । अनि, म र शाहिदको भाइ नियमित वर्कअाउट गरिरहन्थ्यौं । यसले पनि मलाई बिकिनी लगाउँदा आकर्षक देखिन सघाएको थियो ।’
केही दिनअघि मात्र एक अन्तरवार्तामा उनले आफ्नो शरिर बिकिनीका लागि नसुहाउने बताएकी थिइन् । उनले भनेकी थिइन्,‘तर, क्याटरिनाले मलाई तिमी बिकिनीमा आकर्षक देखियौ भनेपछि मलाई आत्मविश्वास बढाएको छ ।’
आलिया र शाहिद अभिनित फिल्म अक्टुबर २२ मा रिलिज हुँदैछ ।
No comments :
Post a Comment