15 October 2015

माओबादीबाट महरा उपप्रधानमन्त्री र गृहमन्त्री बन्ने

भर्खरै सम्पन्न् एमाओवादी स्थायी समितिको बैठकले सरकारमा पार्टीको तर्फबाट जाने मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ।
 
सरकारमा जाने नेताहरूको नाम टुंगो लगाउन बुधबार बसेको स्थायी समितिको बैठकमा विवाद भएपछि बैठक आजसम्म लम्बिएको थियो।
 
पार्टी अध्यक्षलाई टुंग्याउने जिम्मा दिएको भएपनि पार्टीका तर्फबाट सरकारमा नेतृत्व महासचिव कृष्णबहादुर महराले गर्ने टुंगो लागेको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।
 
महराले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रूपमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन्।
 
सभामुखमा भने प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नमानेपछि निवर्तमान उपसभामुख ओनसरी घर्तिलाई पठाउने सहमति भएको ती सदस्यले बताए। पोखरेलले आफू पार्टी संगठनमा सक्रिय रूपले काम गर्न चाहेकाले सभामुखमा नजाने अडान लिएका थिए।
 
अब पोखरेल मन्त्री बन्नेछन्। पोखरेलसहित टोपबहादुर रायामाझी, शक्ति बस्नेतलगायत मन्त्री बन्ने लगभग पक्का भएको छ।
 
‘क्षेत्रीय र जातीय सन्तुलन मिलाएर ८ मन्त्रीहरूको नाम र मन्त्रालयको टुंगो पार्टी अध्यक्षले लगाउनु हुनेछ,’ ती सदस्यले बताए।

No comments :

Post a Comment