11 October 2015

केपी अोली प्रधानमन्त्री निर्वाचित, नेपाली राष्ट्रियता र स्वाधिनताको बिजय

केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित
११ सेप्टेम्बर २०१५, काठमाण्डौ- नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। आइतबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। ओलीले ३३८मत प्राप्त गरे भने कोइरालाले २४९मत पाए।  ओली नेपालको संविधान–२०७२ को धारा १९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा निर्वाचित भएका हुन्। ओलीलाई प्रधानमन्त्री बनाउन एमाआवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेलगायतका दलले समर्थन गरेका थिए। यसअघि प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको नेताहरुले बताउँदै आएका थिए। तर कांग्रेसले भने भद्र सहमति नभएको दाबी गर्दै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेपालमा ६ जना कम्युनिष्ट प्रधानमन्त्री बनेको इतिहास बनेको छ।


अोलीको यो जितलाई  राष्ट्रप्रेमी  नेपालीहरुले भारतीय बिस्तारबादसंगको नेपालको राष्ट्रियता र स्वाधिनताको सानदार जीतका रुपमा बयान गरेका छन ।

No comments :

Post a Comment