जापानमा १२ जना अभिनेत्रीले एड्स नियन्त्रणका लागि अनौठो पहल लिएका छन् । उनीहरुले कोष स्थापना गर्नका लागि २४ घण्टाका लागि आफ्ना स्तन दान गरेका छन् । १२ अभिनेत्रीले च्यारिटीमा पैसा दिने आफ्ना फ्यानहरुलाई सार्वजनिक स्थलमै स्तन समात्न दिएका हुन् । बयस्कहरुका लागि बनाइने चलचित्रमा अभिनय गर्ने ती अभिनेत्रीहरुले स्तन समात्न दिएवापत फ्यानहरुले एड्स नियन्त्रको लागि स्थापित कोषमा पैसा दान गर्नु पर्थ्यो ।जापानको बयस्कहरुका लागि सामग्री प्रसारण गर्ने स्काइ पर्फेक्ट टिभी “Eroticism Saves the Earth Telethon” नामक २४ घण्टे च्यारिटी शोमा अभिनेत्रीहरुले यस्तो अनौठो विधीबाट कोष स्थापना गरेका हुन् । उक्त टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा फ्यानहरुले आफुलाई मन पर्ने अभिनेत्रीसँग कुराकानी गर्ने र सँगै बस्ने मौका समेत पाएका थिए । यो कार्यक्रमबाट अभिनेत्रीहरुले २० लाख जापानै एन जम्मा गरेका छन् ।
No comments :
Post a Comment