10 October 2015

बारूलाले बनायो अाधा दर्जनलाई बेहोस

आश्विन २३, २०७२- रुकुम महत–७ कोर्जाका आधा दर्जनभन्दा बढी स्थानीय एक्कासि बिरामी भएका छन् ।
जंगलमा पाइने बारुलो पकाएर खाएको केही समयपछि स्थानीय बिरामी भएका हुन् । स्थानीय नन्दलाल खड्काका अनुसार बिरामी भएकामध्ये एकको मृत्यु भइसकेको छ भने अन्य गम्भीर अवस्थामा छन् ।
बिरामी छटपटाइ रहेको भए पनि यातायात तथा नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या भएको बताइएको छ । जिल्ला प्रहरी रुकुमका प्रहरी प्रमुख गोविन्द थपलियाले मृत्यु भएको भन्ने पुष्टि नभएको भए पनि आधा दर्जन जति एक्कासि गाउँमा बेहोस भएको भन्ने जानकारी आएका कारण प्रहरी टोली त्यसतर्फ खटाएको बताए ।
बिरामीको तत्काल उपचारका लागि रुकुमको रुकुमकोटमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।

No comments :

Post a Comment