12 October 2015

सुनौली नाका पुर्ण खुला

Image result for sunauli border nepal१२ अक्टोबर २०१५, काठमाण्डौ- नागरिक समाजका विभिन्न संस्थाहरुको पहलमा दिउँसो १ बजेदेखि भैरहवाको सुनौली नाका पूर्णरुपमा सञ्चालनमा आएको छ।
 सिद्धार्थनगर उद्धोग वाणिज्य संघ, व्यापार मण्डल–सुनौली, बेलिया गाउँ समाज र नेपाल भारत मैत्री समाज–रुपन्देही लगायतका विभिन्न संस्थाहरुको पहलमा नाका खुलेको हो।
नाका सुचारु भएपछि नाकामा रोकिएका गाडीहरु लाइनबद्ध रुपमा नेपाल छिर्न थालेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए।
विगत पाँच दिनदेखि सुनौलीमा हजारौं गाडीहरु रोकिएमा छन्। 

No comments :

Post a Comment