11 October 2015

केपी अोलीको जीत सुनिश्चित, धोषणा हुन मात्र बाकी

प्रधानमनत्रीका लागी प्रतिस्पर्धी झापाका केपी शर्मा अोलीको जीत शुनिश्चित भएको छ।  अठार महिनासम्म आफूलाई साथ दिदै आएको एमालेको उम्मेदवारीलाई नसघाउने निर्णयसहित अन्तिम क्षणमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको थियो। संविधान जारी भएपछि एमालेलाई सरकारको नेतृत्व दिने कांग्रेससहितका मुख्य दलहरुबीच भएको भद्र सहमतिलाई तोड्दै कांग्रेसले उम्मेदवारी दिएपछि तीन दलको सहयात्रा संकटमा परेको छ। एमाले र एमाओवादीका नेताहरुले मतदानको दिन आइतबार बिहानसम्म पनि सहमति र सहयोगका लागि कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए। 
 
संविधानसभाको दोस्रो चुनावपछि संविधान निर्माण र सत्ता साझेदारी सम्बन्धमा २०७० माघ २६ मा कांग्रेस र एमालेबीच सातबुँदे सहमति भयो । त्यही सहमतिअनुसार एमालेको समर्थनमा सुशील प्रधानमन्त्री बनेका थिए। सात बुँदेमा नलेखिए पनि संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको खुलासा त्यतिबेला पनि दुवै पक्षले नेताहरुले गरेका थिए।
 
गत जेठ २५ गते  मुख्य चार शक्तिहरुबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति हुँदा पनि संविधान बनेपछि ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको कुरा नेताहरुले सार्वजनिक रुपमा बोलेका थिए। सुशीलले संविधान बनेको भोलिपल्ट राजीनामा दिन्छु भनेर पटकपटक सार्वजनिक रुपमा बोलेका थिए। संविधान जारी भएपछि गत असोज १५ गते संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले त्यही प्रतिवद्धता दोहोर्‍याउँदै पद त्यागको घोषणा गरेका थिए।
 
द्वन्द्वका बेला एमाओवादीको कटु आलोचक रहेका ओली एमाओवादीकै समर्थनमा प्रधानमन्त्री बन्दैछन् । झन्डै पाँच दसकदेखि राजनीतिमा सक्रिय ओली स्पष्ट र प्रखर वक्ता मानिन्छन्। २०२२ सालदेखि कम्यूनिष्ट राजनीति सुरु गरेका केपी शर्मा ओलीको जन्म ११ फागुन २००७ तेह्रथुममा भएको हो ।
 
२०२८ सालको झापा बिद्रोहको नेतृत्व गरेका थिए। २०३२ सालमा राजकाज अभियोग लागेर उनी १४ वर्ष निरन्तर जेलमा परेका थिए।  ओली २०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका थिए। उनी २०५१ सालमा एमालेको ९ महिने सरकार हुँदा गृहमन्त्री भएका थिए। त्यस यता उनी उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भएका थिए।
 
२०५१ र २०५६ मा पनि झापा–६ बाटै निर्वाचित भएका उनी २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भए। २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट  पराजित भए पनि त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने ओली विजयी भए । 
 
२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी  २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । एमालेको बुटवल अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका ओली त्यसबेला निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित भएका थिए । हाल उनी एमाले संसदीय दलको नेतासमेत हुन् ।

No comments :

Post a Comment