12 September 2015

प्रहरीको गोली लागी दमौलीमा एकजनाको मृत्यु

१२ सेप्टेम्बर २०१५, दमौली-  किशोर मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रेका आफन्तको समूहमाथि दमौलीमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ।
 
प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले गोली चलाउँदा घाइते व्यास नपा–१ निवासी १८ वर्षीय रोशन दुराको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मध्यरातमा ज्यान गएको हो। 
प्रदर्शन नियन्त्रणबाहिर गए पछि प्रहरीले प्रहार गरेको गोली उनको खुट्टामा लागेको थियो । रत्नहरि अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि मणिपाल लगिएपछि त्यहीँ ज्यान गएको हो। 

सोमबार आदिकवि भानुभक्त क्याम्पस प्रांगणमा झुण्डिएको अवस्थामा मृत भेटिएका मानुङका १६ वर्षीय पूर्णबहादुर आलेको मृत्यु प्रकरणमा पुनः पोष्टमार्टम तथा निष्पक्ष अनुसन्धानको माग गर्दै दमौलीमा भएको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो।
 
अश्रुग्यास प्रहारबाट पनि स्थिति नियन्त्रणबाहिर गए पछि दिउँसो प्रहरीले गोली चलाएको थियो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी पाँच र अश्रुग्यास लागेर एक जना घाइते भएका छन्।

No comments :

Post a Comment