15 May 2015

कस्तो अचम्म जिउमा पखेटा हालेर यसरी चराजस्तै उडे दुई मानिस

a man fling (1)दुबइका गगनचुम्बी महलहरु माथिको आकाशमा दुइजना मानिसहरु चरा जस्तै गरी उडिरहेका थिए । १२५ माइल प्रतिघण्टाको तिब्र गतिमा उडिरहेका उनीहरुको जिउमा विमानको जस्तै इन्जिनयुक्त पखेटाहरु जडान गरिएका थिए । निकै अनौठो तथा डरलाग्दो यस्तो साहसी कार्य गर्नेहरु स्विजरल्याण्डका लडाकु जहाजका पूर्व पाइलट एभ्स रोसी र उनका फ्रेन्च सहकर्मी भाइन रेफेट हुन् । एभ्स रोसी जेटम्यानको नामले पनि परिचित
a man fling (3)छन् । दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए । उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए । उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् ।a man fling (2)

No comments :

Post a Comment