15 May 2015

हिजो सभासद्लाइ, आज पत्रकारलाई पाल- जनतालाई सधै हाहाकार!

३१ वैशाख, काठमाडौं । संविधानसभामा बुधबार ‘त्रिपाल काण्ड’ मच्चियो । पीडितले पाउनुपर्ने त्रिपाल सभासदलाई वितरण गरिएको भन्दै चर्को आलोचना भयो ।
Rishi Dhamala
तर, बुधबार नै पुतलीसडकस्थित रिपोर्टस क्लबको कार्यालयमुनि पत्रकार ऋषि धमलाले ३ सयवटा त्रिपाल र टेण्ट वितरण गरे । ती त्रिपाल र टेण्टहरु लिनेहरु चाँहि सभासद नभएर पत्रकार थिए ।
रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले ३ सय पत्रकारलाई आफूले त्रिपाल वितरण गरेको बताए । भूकम्पबाट विस्थापित भएका पत्रकारहरुका लागि टेन्ट र त्रिपाल वितरण गरेको उनको भनाइ छ ।
धमलाले करोडौं जनतालाई चारै प्रहर सूचना प्रवाह गर्ने आम पत्रकारहरु नै भूकम्पबाट विचलित भएको हेर्न नसकेर आफूले आफ्नो तहबाट उक्त सामाग्री वितरण गरेको बताएका छन् ।
धमलाले आफूले गरेको उक्त सहयोग सानो भएपनि यसले घाउमा मलम लगाउने काम भने अवश्य गरेको दाबी गरे । टेन्ट र त्रिपाल पाएका सबै सञ्चारकर्मीले धमलाले आफूहरुप्रति ठूलो गुण लगाएको भन्दै प्रशंसा गरेका थिए ।

No comments :

Post a Comment