31 May 2015

आमाको अबैघ यौन सम्बन्ध देखेपछी हत्या

teacher-sexएजेन्सी । आफ्नो अबैध सम्बन्ध लुकाउँनका लागि आमाले देवरसँग मिलेर आफ्नै छोराको हत्या गरेको रहस्य बाहिर आएको छ ।
भारतको उत्तर प्रदेशको जौनपुरमा एक आमाले नाजायज सम्बन्ध लुकाउनका लागि आफ्नै देवरसँग मिलेर ८ वर्षीय छोराको हत्या गरेकी हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बच्चाको हत्याको आरोपमा उनकै आमा र काकालाई गिरफ्तार गरेको हो ।
प्रहरीका अनुसार मोहरियांव थानामा ८ वर्षका बालक आर्यन पटेल अचानक हराएको २७ मार्चमा उजुरी दर्ता भएको थियो ।
त्यसलगत्तै खोजी कार्य तिब्र बनाएको प्रहरीले उनकै घर नजिकै बच्चाको शब कुवामा फेला पारेको थियो । त्यसपछि सोधपुछका क्रममा आर्यनले उनकै काका रमेश पटेलसँग आमा संगीतालाई २६ मार्चको राति आपत्तिजनक अवस्थामा देखेका थिए ।
त्यसपछि दुवैको नाजायज सम्बन्ध खुलासा हुने डरले रमेशले उनको घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि उनीहरु दुवैजना मिलेर आर्यनको शब घर नजिकै रहेको कुवामा फालेका थिए ।

No comments :

Post a Comment