14 May 2015

पुरुषले अनुभव गरे प्रशव पीडा, युवतीले सोधे कस्तो लाग्यो ?

m-1३१ बैसाख २०७२, चीन- बच्चा जन्माउने बेलाको पीडा कस्तो हुन्छ ? केवल आमालाई मात्र थाहा हुन्छ । प्रशव पीडाको अनुभुति पुरुषलाई हुने कुरै भएन । तर चीनमा भने एक पुरुषले प्रशव पीडाको अनुभव गर्ने कोसिस गरे । तत् पश्चात उनले प्रशव पीडाको विषयमा सवाल जवाफ पनि गरे । प्रशव पीडाको अनुभवका विषयमा ती युवकलाई सोध्ने काम महिलाहरुले गरेका थिए ।
महिलाहरुको त्याग तथा समर्पणलाई सम्मान दिने उद्धेश्यका साथ चीनमा २० जना पुरुषले एक लाइभ टेलिभिजन शो मा भाग लिएका थिए । उनीहरुले टेलिभिजन शो कै क्रममा गर्भावस्था तथा सुत्केरी हुने बेलामा महिलाहरुले कत्तिको पीडा सहनुपर्छ भन्ने कुरा जान्ने कोसिस गरेका थिए ।
उक्त कार्यक्रममा भाग लिने २० जना पुरुषका श्रीमती वास्तवमा गर्भवती भएका रहेछन् अर्थात् ती पुरुषहरु निकट भविष्यमा बाउ बन्नेवाला हुन् ।

ती पुरुषहरुलाई बच्चा जन्माउने व्यथा लागिसकेपछिको पीडाको अवस्थामा पूराउनका लागि सिम्युलेटिङ लेवर विधिको प्रयोग गरिएकेा थियो र बच्चा जन्माउँदाको अवस्थाको महसुस गराइयो ।
मध्य चीनको जियांझी प्रान्तको नानचेंगमा यस्तो प्रशव पीडा कार्यक्रमको आयोजना भएको हो ।
कृत्रिम विधिद्वारा पुरुषमा बच्चा जन्माउँदाकै अवस्थामा जस्तो पीडा दिइएको थियो । उक्त पीडाको ८० औँ तहसम्मको दुखाई सहेर चुनौति पूरा गर्न सफल एक युवकलाई विजेता घोषित गरिएको थियो ।
यो शो को उद्धेश्य आमाको महानताको बारेमा सबैलाई बुझाउनु तथा महिलालाई अधिकतम सम्मान प्रदान गर्नु रहेको बताइएको छ ।

No comments :

Post a Comment