अस्ट्रेलियाली सञ्चारमाध्यमले मिलोनोभबारे मंगलबार समाचार सार्वजनिक गरेका छन्। अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएअनुसार यसरी अस्ट्रेलियाबाट आइएसमा भर्ना हुन सिरिया जाने अस्ट्रेलियालीको संख्या कम्तीमा पनि सय नाघेको छ।
सिड्नी डेली टेलिग्राफले मिलोनोभ आफ्ना नाबालक दुई सन्तान सिड्नीमै छोडेर सिरिया पुगेको समाचार प्रकाशन गरेको छ। उनले आफ्ना पाँच र सात वर्षका दुई सन्तानलाई शिशु स्याहार केन्द्रमा छोडेर सिरिया पसेको खुलेको छ। सिरिया जानुअघि एक महिनाअघि मिलोनोभले आफ्ना सन्तान स्याहार केन्द्रमा छोडेकी थिइन्।
आफ्ना सन्तानबारे जानकारी लिन मिलोनोभका पतिले उनीसँग सम्पर्क गर्ने प्रयास गरेका थिए। उनका पतिले छोराछोरीसँग लामो समयदेखि कुराकानी गर्न पाएका थिएनन्। पछि मिलोनोभले आफूले दुवै सन्तान शिशु स्याहार केन्द्रमा छोडेर सिरिया पुगेको मोबाइल सन्देश पठाएर पतिलाई जानकारी दिएकी थिइन्।
मिलोनोभका पतिले पत्नीले आफ्ना नाबालक सन्तान त्यागेर हत्याहिंसाजस्तो क्रूर कर्ममा लाग्छिन् भन्नेेमा विश्वास गर्न आफूलाई अझै पनि कठिन भएको बताएका छन्। केही समय अघिमात्र उनले आफ्नो छोरालाई फोन गरेको र फोनमा छोराले उनलाई आफ्नी आमासँगै सकुशल रहेको बताएका थिए।
पछिल्लो समय युरोपका कैयौं देशबाट युवायुवती आइएसमा भर्ती हुन देशबाट भागेर सिरिया जाने गरेका समाचार सार्वजनिक भइरहेका छन्।
केही दिनअघि पनि क्यानडा प्रहरीले केही युवायुवती सिरिया भाग्न लागेका बेला पक्राउ गरेको थियो।

No comments :
Post a Comment