27 May 2015

एभिन्युज टेलिभिजन अव बन्द हुने

एभिन्युज टेलिभिजनको प्रशारण लाइसेन्स रद्दकाठमाडौं-सरकारले एभिन्युज टेलिभिजन प्रालीको प्रशारण लाइसेन्स रद्द गरेको छ। राष्ट्रिय प्रसारण ऐनअनुसार टेलिभिजनले तिर्नुपर्ने इजाजत पत्रको राजस्व समयमा नबुझाएपछि सूचना तथा सञ्चार मन्त्रालयले टेलिभिजनको लाइसेन्स रद्द गरेको हो।
सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारको यो निर्णय कानुनअनुसार भएको बताएका छन्। ‘यस विषयमा थप छलफल गर्न आज १० बजे बैठक बोलाएको छु,‘ उनले भने, ‘तर म प्रेस स्वतन्त्रताको पक्षमा छु।’ 
यता एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले लाइसन्स खारेज गर्ने सरकारको निर्णय बदनियतपूर्ण भएको नागरिकन्युजलाई बताए। राजकर्णिकारले गत पुष ३० गते चेकमार्फत राजस्व बुझाएको दाबी गरे । माघ १ गते माघी पर्व परेकोले सार्वजनिक बिदा भएको र राजस्व तिरेको नदेखिएको उनको भनाइ छ।

 सञ्चार मन्त्रालयले जेठ ७ गते टेलिभिजनलाई पत्र पठाइ इजाजत खारेज गरेको जानकारी गराएको थियो। पत्रमा ‘समयमै नविकरण शुल्क नबुझाएकाले टेलिभिजनको इजाजत रद्द गरिएको’ उल्लेख गरिएको थियो।
सरकारको यो निर्णयप्रति टेलिभिजन सन्चालकहरुले आपत्ति जनाएका छन्। निजी क्षेत्रका टेलिभिजनहरुको साझ संस्था टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टिबिएन)ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त अधिकार हनन हुने गरी सञ्चार माध्यमको इजाजतपत्र खारेजी अनपेक्षित भएको जनाएको छ।

No comments :

Post a Comment