15 May 2015

भूकम्प आउनासाथ राहत पठाएका मोदीले दोस्रो भूकम्प आउदा किन राहत टोली पठाएनन् त?

काठमाण्डु, ३१ वैशाख– वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपालमा राहत र उद्धारका लागि सैनिक पठाउन ठूलो उत्साह देखाएको भारतले २९ गते गएको भूकम्पछि भने खासै उत्साह देखाएन ।
यसको प्रमुख कारण उद्धारमा आएको भारतीय सेना र समचार संकलनमा आएका पत्रकारका विरुद्धमा मिलेको नकरात्मक प्रतिक्रिया भएको उसले बताएको छ ।
वैशाख १२ गते आएको भूकम्पपछि भारतीय विमानले एयरपोर्ट भरिएको आरोप नेपालले लगाएको उसले बताएको छ । त्यही कारण केही विमानलाई नेपालमा अवतरणको अनुमति पनि नदिएका कारण फकर्नु परेको बताइएको छ ।


नेपालको केही स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो ।
यस विषयमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरेका थिए । तर यसपटक मोदी र सुशीलबीचमा भएको वार्ता भूकम्पपछि दुई देशका बीचमा हुने गरेका कुराकानी भन्दा फरक थियो । कुराकानीपछि मोदीले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री सुशील कोइरालासँग मैले फोनमा कुरा गरे । फोनको झड्कापछि देखिएको परिस्थितिको हामीले समीक्षा ग¥यौ ।
वैशाख १२ को भूकम्पलगत्तैको ट्वीटमा मोदीको भाषा अकै थियो । उनले लेखेका थिए, ‘प्रधानमन्त्री सुशील कोइरालासँग कुरा भयो । उनी बैंककबाट काठमाण्डु आउँदै थिए । यस आपतकालीन समयमा मैले उनलाई हरसम्भव मद्दत गर्ने भरोसा दिलाएँ ।’
त्यसँगै मोदीले यो पनि बताए कि भूकम्पको बारेमा कोइरालालाई उनीबाटै थाहा भएको थियो । त्यसपछि एक घण्टाभित्रै समीक्षाका लागि भारत सरकारको बैठक बसेको थियो र मोरारी बाबुले नेपालका लागि ५१ लाख रुपैयाँ मद्दत गरेको बारेमा मोदीले नै ट्वीट गरेका थिए । यसपछि केही दिनसम्म उनी लगातार निजी तरिकाले नेपालका बारेमा समीक्षा गरिरहेका थिए ।
यसपटक विदेश मन्त्रालय नै पर्याप्त भयो । भारतमा नेपालीकी प्रयासका केही ट्वीटका अलवा अरु केही पनि चासो देखाएनन् । 

No comments :

Post a Comment