14 May 2015

बाख्राले जन्मायो मान्छेजस्तै पाठा, हेर्नेहरुको घुइचो

जनकपुर, वैशाख ३० – बाख्राले मान्छे जस्तै देखिने अनौठो बच्चा जन्माएपछि हेर्ने र पुजा गर्ने मानिसको घुँइचो लागेको छ । धनुषा सपही ३ का मिसर सदाका बाख्राले बुधबार बिहान दुई अनौठा पाठा जन्माए पछि मानिसहरुको भिड बढेको हो ।दुवै पाठा मान्छेकै बच्चाको आकार र प्रकारका भएका तर हात खुट्टमा औला भने नभएका छन् । मासुको डल्लो जस्तो टाउको रहेका पाठाका मानिसको जस्तै आँखा, मुख कान छ । बाख्राले अनौठो पाठा जन्माएपछि बुधबार बिहानदेखि नै सदाको घरमा हेर्नेहरुको घुँइचो लागेको थियो । हेर्न आउने मानिसले भगवानको रुप भन्दै पूजा गर्ने तथा पैसासमेत चढाएका थिए  ।
बाख्राले जन्माएको दुई वटै अनौठो पाठा तीन घण्टापछि मरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मनोहर झा बाहुनले जानकारी दिनुभयो ।  

No comments :

Post a Comment