14 May 2015

ल हेर्नुहोस युवतीहरु नाङ्गै बनाएर पशुसरह बिक्री

एजेन्सी । संयुक्त राष्ट्रसंघले सिरिया र इराकका संकटग्रस्त क्षेत्रमा महिला र युवतीहरुलाई खुलेआम बेचिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्र संघका विशेष प्रतिनिधि जैनब बांगुराले इस्लामिक स्टेट आइएसले इराक र सिरियामा खुलेआम बजारमा कम उमेरका युवती र महिलाहरुलाई निर्वस्त्र बनाएर लिलाम गर्ने र यौनजन्य क्रियाकलापमा प्रयोग गर्ने कार्य भइरहेको जनाएका छन् ।
यसमा केही युवतीहरुलाई निर्वस्त्र बनाएर गाडीमा राखेर रक्का, मोसुलसहित अन्य इलाकाहरुमा लैजाने गरेको उनको भनाई छ । त्यहाँ लगेर उनीहरुले आफ्ना कमाण्डर र लडाकुहरुलाई दिने गर्छन ।
बंगुराले एक महिलालाई २० पटक बिबाह गराएको र कुमारीजस्तै होस् हरेक पटक अपरेशन गराएको बताएका छन् । इस्लामिक स्टेट आइएसले ठूलो संख्यामा मानिसहरुलाई अपहरण गरेका छन्, जसमा महिलाको संख्या पनि अधिक रहेको छ ।

No comments :

Post a Comment