घर फोहोर राखेको आरोप : भारतीय टेलिभिजन रियालिटी शो बिग बोसबाट चर्चामा आएकी भारतीय मूलकी पूर्व पोर्नस्टार सन्नी लियोनीले बेलाबेलामा आफ्नो विगतका कारण बलिउडमा आफूलाई मन नपराउने र अस्वीकार गर्नेहरु थुप्रै रहेको बताउँदै आएकी छन्। विगतकै कारण सन्नीले मुम्बईमा आफ्ना लागि बस्ने घर किन्न खोजे पनि पाएकी छैनन्। यसैबीच उनी बसिरहेको घरबाट उनलाई निकालिएको छ। उनी मुम्बईस्थित अधेरीमा बलिउड अभिनेत्री सेलिना जेट्लीको फ्ल्याटमा भाडामा बस्दै आएकी थिइन।
घरबाट निकालिएपछि सन्नी हाल मुम्बईको एक होटलमा बसिरहेको बताइन्छ।
No comments :
Post a Comment