23 May 2015

कसरी चल्छ त विश्वको नामुद आतकंबादी संगठन ईस्लामिक स्टेट ? थाहा पाउनुहोस्

गत सप्ताहान्तमा पूर्वी सिरियामा भएको स्थलगत कार्वाहीका क्रममा अमेरिकी विशेष सैन्यले अबु सैय्यफलाई मारिदिएका थिए।
उनले इस्लामिक स्टेटको तेल तथा ग्यास कारोबार हेर्न मुख्य भूमिका खेल्ने गरेको बताइएको थियो।
गोली हानहान चर्को भएपछि अमेरिकी कमाण्डोहरुको आक्रमणबाट अबु सैय्यफ मारिएका हुन्।
तर तिनीहरुको मूख्य उद्देश्य उनलाई पक्रेर सोधपुछ गर्नु रहेको थियो, जस्बाट आइएसले आफ्नो शासन कसरी संचालन गर्छ भन्ने बारेमा थप जानकारी प्राप्त हुन सकोस्।

यसबाट एउटा प्रश्न खडा भएको छ, गत बर्ष सिरिया र इराकको ठूलो हिस्सा तीब्र गतिमा कब्जामा लिन सफल र अमेरिकी नेतृत्वको महिनौंको हवाई हमलापछि पनि ति भूभाग आफ्नो नियन्त्रणमा राखिरहन सक्षम संगठनको ढांचाका बारे कति जानकारी उपलब्ध छ त? ‌
विस्तारित रुपमा हेर्ने हो भने इस्लामिक स्टेटको आकार सामान्यतया स्पष्ट नै देखिन्छ।
शरिया
सो संगठनको घोषित उद्देश्य समग्र मुसलमान विश्वमा शासन गर्न एकजना “खलिफा” को नेतृत्व स्थापना गर्नु हो, जो इस्लामी कानुन, शरिया, अनुसार संचालन होस्।
अन्य विद्रोही वा उग्रवादी समूहहरु भन्दा भिन्न इस्लामिक स्टेटसंग आफूले शासन गर्न चाहेको भूभाग छ। त्यसैले उक्त संगठनले एउटा प्रशासनिक प्रणाली समेत स्थापना गरेको छ जुन धेरै पक्षमा आधुनिक राज्य जस्तो नै देखिन्छ।
उक्त संगठनका नेता अथवा “खलिफा” इब्राहीम अवाद अल इब्राहीम अली अल-बाद्री अ-समार्री हुन्। उनी अबु बक्र अल-बग्दादीका नामले पनि चिनीन्छन्।
उनले परामर्श परिषद र प्रशासनिक विभागहरुको एउटा ढांचाको शिर्ष स्थानमा रहेर नेतृत्व प्रदान गर्छन्। र त्यस्तो संरचनालाई क्षेत्रिय र स्थानीय तहसम्म नै दोहोर्याइएको छ।
त्यस्तो संरचनाले सुरक्षा, गुप्तचरी, वित्त, संचार, स्वास्थ्य व्यवस्था र पारिवारिक तथा कानूनी विवादहरु जस्ता व्यापक क्षेत्र तथा सेवा संचालन गर्ने गर्दछ।
इस्लामिक स्टेटको द्रूत विकासको रणनीतिक योजना हाजी बक्रले तयार पारेका दस्तावेजहरुमा छन्। तिनलाई जर्मनीको पत्रिका डेर स्पीगलमा प्रकाशित एउटा रिपोर्टमा उक्त समूहको रणनीतिकारका रुपमा व्याख्या गरिएको छ।
उनले शहरहरुलाई नियन्त्रणमा लिने र प्रशासन चलाउने विस्तृत रणनीति तयार पारेका थिए जुन निगरानी र गुप्तचरीमा एकदमै निर्भर छ।
हाजी बक्र
हाजी बक्र सन् २०१४ को जेनुअरी महिनामा, उनको समूहको आकस्मिक विस्तार हुनु केहि महिना अघि मात्र उत्तरी सिरियामा मारिएका थिए।
आइएसको वर्तमान संरचना, विभिन्न पद र जीम्मेवारी सम्हालेका मानिसहरुको नाम समेत कतिपय चुहाइएका वा जफत गरिएका प्रशासनिक दस्तावेजहरु मार्फत सार्वजनिक भैरहेका छन्।
आइएसको सांगठनिक ढांचा सन् २०१४ को जुन महिना यता झनै स्पष्ट भएको छ जुनबेला इराकी शहर मोसुललाई कब्जामा लिएपछि आइएसले खलिफाको नेतृत्व भएको राज्य स्थापना गरिएको घोषणा गरेको थियो।
आइएसले आफ्नो नेतृत्व वर्गको बारेमा केहि चर्चा गर्ने गर्दैन।
संगठनका नेता अबु बक्र अल-बग्दादी र प्रवक्ता अबु मोहम्मद अल-अदनानी बाहेक अन्य बरिष्ठ नेताहरुको पहिचान र भूमिकाका बारे खासै जानकारी उपलब्ध छैन।
अन्य दुई जना उपनेताहरु रहेका बताइन्छ- सिरियामा अबु अली अल-अनबारी र इराकमा अबु मुस्लीम अल-तुर्कमानी।
हमला
तर गत हप्ता इराकी रक्षा मन्त्रालयले दावी गरे अनुसार उक्त समूहको दोस्रो ठूलो नेता अब्दुल रहमान मुस्तफा मोहम्मद अथवा अबु आला अल-अफरी एउटा हवाई हमलामा मारिएका छन्।
आइएसको संचालन शैली बुझ्ने प्रयास गर्नेहरुको सामु उपस्थित एउटा समस्या भनेको उक्त समूहका विभिन्न तह र तप्कामा विवाद र असहमति सापेक्षित रुपमा कम मात्रै देखा परेको छ।
यस्बाट इन्टरनेटमा हुने चर्चा परिचर्चा र जासुसी सूचनाहरुको प्रवाह पनि सिमित हुन पुगेको छ।

No comments :

Post a Comment