14 May 2015

आजैमात्र भूकम्पका ५ घक्का गए

३१ बैसाख २०७२, काठमाण्डौ- १२ वैशाखको महाभूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । आज विहान ९ः०६ बजेसम्म पाँच पटक पराकम्पन भइसकेको छ । दोलखा केन्द्रविन्दु बनाएर विहान १२ः१६ बजे ४.३, ३ः१३ बजे ४.१ र ४ः२३ बजे ५ म्याग्निच्यूडको भूकम्प गएको छ । यस्तै, विहान ८ः५२ बजे सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ४ म्याग्निच्युड र विहान ९ः६ बजे दोलखा केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । हिजो ४ म्याग्निच्युड भन्दा माथिका १६ पराकम्प आएको थियो । 

No comments :

Post a Comment