18 May 2015

राष्ट्रभन्दा राजनीतिलाई महत्व दिने तथाकथित नेत्री सरीता गिरीका यस्ता छन कुरा

Sarita-giri४ जेठ, काठमाडौं- पूर्वमन्त्रीसमेत रहेकी सदभावना पार्टीकी नेतृ सरिता गिरीले भूकम्पका कारण गाउँ बस्ती नै जोखिममा परेर तड्पिइरहेका विस्थापितहरुलाई तराईमा अस्थायी बसोबास गराउने प्रयासलाई महेन्द्रवादी नीति भन्दै विरोध गरेकी छन् ।
गिरीले सामाजिक सञ्जाल ट्वीटरबाट महेन्द्रवादी नीति लागुगर्ने प्रयास भइरहेको भन्दै अशन्तुष्टि व्यक्त गरेकी हुन् ।
गिरीले टि्वटरमा लेखेकी छिन्- ‘भूइँचालोलाई आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ ।’
भूकम्पबाट पहाडी तथा हिमाली भेगका कतिपय गाउँ बस्तिको अस्थित्वनै नामेट भइसकेको अवस्थामा ती ठाउँबाट उद्धार गरिएका जनतालाई भुटानी शरणार्थी शिविर र माओवादी लडाकुका शिविरहरुमा राख्न सकिने बहस चलिरहेका बेला गिरीले तराईमा पीडितलाई अस्थायी आश्रय दिने कुराको विरोध गरेकी हुन् ।

तराईका जनताले स्वतस्फूर्त रुपमै पहाडी जिल्लाका विस्थापित बासिन्दालाई सहयोग गरिरहेका बेला मधेसवादी नेतृ गिरीले भूकम्प पीडितलाई तराईमा आश्रय दिने तयारीको आलोचना गरेकी हुन् ।
उनको भनाइमाथि चर्को आलोचना हुन थालेपछि उनले फेरि थपेकी छिन्- ‘मेरो टि्वटले नै यहाँ भूइँचालो ल्याएजस्तो छ, मैले ठीक बेठीक भन्दा पनि आएका सबै प्रतिक्रिया पूर्वाग्रहका चरम नमूना हुन् । रोचक पनि छन् ।’
गिरीको थप भनाइ छ- यहाँ समाज सेवा गर्न सजिलो छ, विपक्षी राजनीतिक गर्न सबभन्दा गाह्रो । यतिको बाबजुदमा आफ्नो आलोचनात्मक भूमिका निर्वाह गरिराख्ने छु ।’
यो पनि पढ्नुहोस्
ट्वीटेको प्रश्न- तराई तपाईको दाइजो हो ?
गिरीले भूकम्प पीडितलाई तराईमा आश्रय दिन नहुने भावको तर्क गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुन थालेको छ । ट्वीटरमै केहीले गिरीलाई मेन्सन गर्दै भनेका छन्- ‘तराई मधेस तपाईलाई माइतीले दाइजो दिएको हो ? तपाईको माइतीबाट नेपालको तराई बिर्ता पाउनुभएको हो ?’
थातथलो गुमाएका भूकम्प पीडितहरुलाई भूटानी शरणार्थी शिविर र पूर्व लडाकूका शिविरहरुमा बसोबास गराउन सकिने बहस शनिबार अनलाइनखबरमा प्रकाशित भएको थियो ।

No comments :

Post a Comment