20 April 2015

IS फेरि गरे ३० मुस्लिमको घांटी रेटेर हत्या, भिडियो हेर्नुहोस

इस्लामिक अतिवादी समूह आइएसले फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।
आइतवार जारी गरेको २९ मिनेटको उक्त भिडियोमा आईएस लडाकूले लिबियामा पक्राउ गरेका इथियोपियाई इसाइलाई मार्दै गरेको देखिन्छ ।
आईएस कब्जामा दुई समूहमा रहेकाहरु इथियोपियाली चर्चका सदस्यभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
१२ जनालाई समुन्द्र किनारको कुनै अज्ञात स्थलमा हत्या गरेको देखाइएको छ भने १६ जनालाई रेगिस्तान क्षेत्रमा गोली हानेर मारिएको हो ।
एक लडाकूले इसाइहरुलाई धर्म फेरेर इस्लाम बन्न धम्की दिएको भिडियोमा सुनिन्छ । यसअघि फेब्रुअरीमा मात्रै आईएसले इथियोपियाकै २१ जना इसाइलाई मार्ने भिडियो सन्देश जारी गरेका थिए । एजेन्सी

No comments :

Post a Comment