19 April 2015

तपार्इको हातको कोठीले नै बनाइदिन सक्छ तपाईलाइ करोडपति

यदि तपाईंको हातको बीचमा स्वतन्त्र रुपमै कोठी छ र त्यो तपाईंले मुठ्ठी पार्दा पूरै ढाकिन्छ भने भने यसको मतलब हुन्छ तपाईं निश्चित रुपमा जीवनमा करोपति बन्नुहुन्छ ।  तर, कोठीको कुनै रेखामा कुनै ग्रहको पर्खालमा हुनुहुँदैंन । भारतीय ग्रहशास्त्रीहरुले कोठीको उदाहरण शाहरुख खानको हातलाई नै लिने गरेका छन ।

शाहरुख खानको हातको बीचौबीच भागमा रहेको स्वतन्त्र कोठीको प्रभावलाई अनुमान लगाउनु सकिने तर्कहरु पनि ती विज्ञहरुले अगाडि सारेका छन ।  हातमा कोठीका अलग-
अलग ठाउँको अलग-अलग प्रभाव हुन्छ । कुनै पनि ग्रह क्षेत्रमा कोठी हुनाले उक्त ग्रहको प्रभाव क्षीण हुन्छ । कुनै रेखामा कोठी भएमा उसक्त रेखामा दोष हुन्छ । केही यस्ता उदाहरण छन्, जसमा तपाईं स्वयम पनि अनुभव गर्न सक्नुहुन्छ ।   

१. हृद्धय रेखामा कोठी हुने ब्यक्ति एकदमै कमजोर मन, प्रेममा असफल एवं हृद्धय रोगी हुन्छ । यस्ता मानिसहरुको मृत्यु पनि हृद्धयघातबाट हुन्छ । 

२. मस्तिष्क रेखामा कोठी हुने ब्यक्ति उक्त कोठीको प्रभाव रहुन्जेल पागल हुने सम्भावना रहन्छ । साथै त्यो अवधिमा मस्तिष्कमा एकदमै गहिरो चोट पटक पनि लाग्न सक्छ ।  

३. भाग्य रेखामा कोठी हुने ब्यक्ति करोडपतिबाट रोडपति हुन्छ । 

४. जीवन रेखामा कोठी हुने ब्यक्तिको स्वास्थ्य कहिल्यै राम्रो हुँदैंन । उसले जीवनमा एकदमै धेरै संघर्ष गर्नुपर्छ । 

५. चन्द्र पर्वतमा कोठी हुने ब्यक्ति मानसिक रोगी हुन्छ । यस्तो ब्यक्ति पानीमा डुबेर मृत्यु प्राप्त गर्दछ । 

६. शुक्र पर्वतमा कोठी हुने ब्यक्ति थाहा नहुने किसिमको रोगले ग्रसित हुन्छ । यस्तो ब्यक्ति प्रेममा बदनाम हुन्छ । 

७. गुरु पर्वतमा कोठी हुने ब्यक्ति शिक्षामा बाधा आउँछ । साथै यस्तो कोठी भएको ब्यक्तिले धन र विवाहका लागि विभिन्न समस्याहरुको सामना गर्नुपर्छ । 

८. शनि पर्वतमा कोठी हुने ब्यक्ति आत्महत्या गर्ने सम्भावना रहन्छ । 

९. सुर्य पर्वतमा कोठी हुने ब्यक्ति अदालत, जेल र विभिन्न विवादहरुको सामना गर्नुपर्दछ । 

१०. बुध पर्वतमा कोठी हुने ब्यक्तिको घरमा चोरी हुने सम्भावना रहन्छ साथै अचानक उसको धनको नाश हुने गर्छ । 

११. राहु क्षेत्रमा कोठी हुने ब्यक्ति अपराधिक जगतमा सम्बन्ध जोडिएको हुन्छ । 

१२. केतुमा कोठी हुने ब्यक्ति सानो उमेरमा आमावुवाबाट बिछोडिनु पर्दछ ।  

No comments :

Post a Comment