20 April 2015

मनस्थितिलाई कसरी मूल्यांकन गर्न सकिन्छ ?

करूणा कुँवर, मनोविद्
कक्षा १२ मा पढ्ने क्रममा मैले पाका तथा विवाहित पुरुषसँग प्रेम गर्न पुगेछु । त्यसबेला मेरो उमेर १८ वर्ष थियो । उहाँ मेरो घर नजिक बस्नुहुन्थ्यो । प्रत्येक हप्ताजसो उहाँ मेरो घर आउनुहुन्थ्यो र पढाइमा सहयोग गर्नुहुन्थ्यो । उहाँ घरमा आउँदा कोठामै हामीबीच यौनसम्पर्क हुन्थ्यो । उहाँलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्छ र मेरो पढाइको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनुभएको थियो । हिजोआज मलाई उहाँसँग सम्पर्क गर्न मन लाग्न छाडेको छ । यसले मलाई बेलाबखत झस्का दिइरहन्छ । विगतको घटना सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कसरी मूल्यांकन गर्न सकिन्छ ? 


पी.




जीवनमा टिन एज (किशोरी अवस्था) मा अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीतलिंगीप्रति आकषिर्त हुनु स्वभाविक हो । यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन । कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन् । यो उमेरमा भएका यस्ता घटना अस्वभाविक होइनन्, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यसअन्तर्गत आफ्नो व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर सोचे अघि बढ्ने कि नबढ्ने भने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । एकछिन गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा कुराहरूबाट सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ? 

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं एक्लो हुनुहुन्न । यो उमेरमा भर्जिनिटी -कुमारित्व) गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ । त्यसमाथि पनि गलत मानिससँग यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरू धेरै नै छन् । यस्तो घटनाले पटक-पटक घचघच्याइरहन्छ । यो पनि स्वभाविक हो तर तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ । मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो । त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षा नै मान्नुपर्ने हुन्छ । घटना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ । 

मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ । धेरैजसो व्यक्तिले लभ, सेक्स र रोमान्सका सन्दर्भमा विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन । 

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भूमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन् । केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन् । उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दु:ख प्रकट गर्ने गरेका छन् । त्यसमाथि पनि माथि भनिएजस्तै आफूले साचेको व्यक्तिभन्दा विपरीतसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई ठूलो पश्चाताप हुने गरेको छ । केटाहरू क्याजुअल सेक्स मन पराउँछन् अर्थात् उनीहरू अल्पकालीन सम्बन्ध मन पराउँछन् भने केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन् । केटाहरू सेक्सपछि प्रेम गर्ने खालका हुन्छन् भने केटीहरू प्रेमपछि सेक्स चाहन्छन् । केटीहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन् । किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु महिलाहरूका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हो । कहिलेकाहीं महिलाहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र भर्जिनिटी गुमाउँछन् । भर्जिनिटी र प्रजनन केटी मान्छेका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन् । यी दुई चीज गुमाउँदा उनीहरूलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ । भर्जिनिटी गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा । यो स्वभाविक हो । समयक्रमसँगै सकिने प्रजनन क्षमता र भर्जिनिटी टार्न सकिँदैन । तपाईंको सन्दर्भमा कुरा गर्ने हो भने तपाइर्ंले अबको दिनमा कसरी जानुपर्छ भन्ने उत्तर आफैं पाइसक्नु भएको छ, त्यसैले विगतका घटनाप्रति पश्चाताप गरिरहनेभन्दा पनि विगतको उक्त घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस् । - See more at: http://www.biswokhabar.com/2015/04/blog-post_886.html#sthash.38052HUn.dpuf

No comments :

Post a Comment