17 April 2015

अर्काकी श्रीमतीसँग अनितिक काम गर्दै हिड्ने पक्राउ

Image result for fucking other's wifeविवाहित महिलासँग यौन सम्बन्ध राख्ने दिक्तेल नगरपालिका-२ का ४८ वर्षीय तुलसीराम आचार्य पक्राउ परेका छन्। गाउँलेले समाएर उनलाई प्रहरीकहाँ बुझाएका हुन्। जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएका आचार्यविरुद्ध प्रहरीले जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्गराएको छ। आचार्यले पीडित महिलामाथि चैत २७ गते बलत्कार गरेको भनी स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपितलाई सोही दिन दिक्तेलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डीएसपी विनोदराज खरेलले जानकारी दिए। आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा हल्कारा पदमा कार्यरत छन्। घटनापश्चात पीडितले दिएको जाहेरी र स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा आरोपितविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित महिलाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चैत २७ गते स्वास्थ्य परीक्षण गरिएको थियो। पीडित महिलाका पति वैदेशिक रोजगारीमा छन्। डीएसपी खरेलका अनुसार उनीहरूबीच लामो समयअघिदेखि यौन सम्बन्ध हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। यता पीडकले भने सहमतिमा सम्बन्ध राखिएको भए पनि अरुले थाहा पाएपछि जबरजस्ती भनेर उजुरी दर्ता गरेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। अहिले हुने गरेका अधिकांश यौनजन्य घटना सहमतिमा भए पनि आफन्तले थाहा पाएपछि जबरजस्ती करणी हुने गरेको इन्सेक खोटाङका प्रतिनिधि डीएम चाम्लिङले बताए।

No comments :

Post a Comment