07 March 2015

एडेलेडमा MRP सम्बन्धी जानकारी / अन्तर्क्रिया कार्यक्रम हुने

२३ फागुन २०७१, एडेलेड- एडेलेडमा MRP सम्बन्धी जानकारी / अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रम २१ मार्चका दिन मसन लेकमा हुने बताइको छ । कार्यक्रम नेपाली राजदुताबास अस्ट्रेलिया, नेपाली हेल्प डेस्क एडेलेड लगायतको सम्पुर्ण नेपाली संघसगठनहरुको संयुक्त आयोजनामा हुन लागेको हो । कार्यक्रममा नेपाली राजदुताबास अस्ट्रेलियाका
प्रतिनिधिहरु आई फारम संकलन गर्नुे छन ।

 MRP Form भर्दा निम्न कुराहारुमा ध्यान दिनु पर्ने छ: 
१. Form print गर्दा Content को Length 27CM हुनै पर्छ। Print setting मा Actual Size or None भन्ने Option Choose गर्नु भयो भने 27CM मै print हुन्छ।
२. Nationality मा थुप्रैले Nepali लेख्नु हुन्छ, Nepalese लेख्नु पर्छ।
 ३. जन्म स्थानमा टोल, गाविस,नगरपालिका होइन जिल्ला (District Name) लेख्नु पर्छ।
४. * वाला सबै Box भरिनु पर्छ, खाली हुनु हुन्न।
५. वडा नं ३ हो भने ०३ लेख्नु पर्छ, ३ मात्र लेखिएकोलाई Machine ले read गर्दैन। ६. कसैकसैले Central Department of Passport को Form Print गरेर ल्याउनु भयो, त्यो पुरानो Form हो, नयाँ Form मा Department of Passport लेखिएको छ। ७. फोटो पनि टाउको मात्र देखिने हुनु हुन्न, अल्कति कुम देखिएको हुनु पर्छ। दुबै कान र निधार देखिनु पर्छ। अनि चस्मा लगाएको फोटो पनि मान्य हुँदैन। Background White हुनु पर्छ। Australian Post मा गएर फोटो खिच्नु उपयुक्त हुन्छ।
८. Signature गर्दा Box भित्रै गरिनु पर्छ, Box बाहिर जानु हुँदैन।
९. जन्म मिती (Date of Birth) लेख्दा, Year/Month/Day लेख्नु पर्छ। / कतै पनि प्रयोग नगर्नु होला।

कार्यक्रम सम्बन्धी थप जानकारी चाहिएमा निम्न व्यक्तीहरुलाइ सम्पर्क गर्न सकिने छ,
१. नविन पन्थ- 0406684569
२. गोकुल घिमिरे- 0413680467
३. दिपक घिसिङ- 0430947794

No comments :

Post a Comment