09 March 2015

बारामा बलत्कृत बालिकाको निधन

Image result for rapped girl in bara२४ फागुन २०७१, काठमाडौं-सत्र दिनअघि बारा सदरमुकाम, कलैया नगरपालिकामा बलत्कृत ६ वर्षे बालिकाको आइतबार निधन भएको छ। १४ दिनदेखि अस्पतालको अस्पतालको पिआइसियु (पेडिनेटनल आइसियु)मा उपचाररत बालिकाको आइतबार साँझ ७ बजे मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा.चन्देश्वर महासेठले अस्पताल आएदेखि नै कोमामा रहेकी उनको आइतबार भेन्टिलेटरमै मुटु र फोक्सोले काम गर्न छोडेको (कार्डियाक पल्मोनरी एरेस्ट) भएको बताए। 'पछिल्लो कारण कार्डियाक पल्मोनरी एरेष्ट हो,' डा.महासेठले भने, 'अरु विस्तृत कारण पोष्टमार्टमपछि खुल्छ,'।
अस्पतालले बालिकाको मृत्युको घोषणा गरेसँगै शब कान्ति अस्पतालमा राखिएको छ।
महानगरिय प्रहरी बृत महराजगञ्ज प्रमुख सानु भट्टराईले भोलीमात्रै त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुने जानकारी दिए। सोपश्चात् आफन्तलाई शब बुझाइनेछ। बालिकाको अन्तिम सस्कार कलैयामै लगेर गरिने आफन्तहरुले जनाएका छन्।
कलैयामा फागुन ८ गते शुक्रबार साँझ बेपत्ता पारिएकी बालिका ९ गते शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। आइतबार हेलिकप्टरबाट राजधानीको कान्तिबाल अस्पतालमा ल्याएर उपचार भइरहे कुनै सुधार आएको आएन्।
डा.महासेठका अनुसार काठमाडौ ल्याइपुर्यारउँदा नै बालिका कोमामा गइसकेकी थिएन्। 'त्यसपछि सुधार आएन्, ब्रेनडेथको अवस्था थियो,' उनले भने।
अस्पताल ल्याएको छठौ दिन नै चिकित्सकहरुले बालिकालाई भेन्टिलेटरबाट निकालेर कार्डियाक पल्मोनरी रिसाइटेसन (सिपिआर) गर्न सहमति मागेका थिए। तर परिवारले भेन्टिलेटरमा शरीर चलिरहुन्जेल उपचार जारी राख्ने चाहाना राखेको थियो। सो अनुसार अस्पताल प्रशासनले उपचार जारी राखेको थियो। 'यसबीचमा पनि भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास र मुटु धडि्कएरहेको हो,' महासेठले भने, 'त्यो पनि बन्द भयो, मतिष्कको कुनै पनि प्रतिक्रिया बाँकी थिएन्'।
वीरगञ्जदेखि नै भेन्टिलेटरमा राखेरै काठमाडौ ल्याइएकी बालिकालाई मतिष्कको संकेत बाँकी नहरेपनि चिकित्सकहरुले सम्पूर्ण अंगहरुको रेस्पोन्स बढाउँन संभव हुनेसम्मको सबै विकल्प प्रयोग गरेको जनाएका थिए।
परिवार र आफन्तहरुले घटनाप्रति राज्यले गम्भीरता नदेखाएको गुनासो गरेका छन्। स्थानीय प्रशासनले घटनामा संलग्नको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गरेपनि 'यति दुःखद् घटनाप्रति राज्यले आवश्यक संवेदना नदेखाएको' बाराका पूर्व सभासद् प्रमोद गुप्ताले बताए।
- See more at: http://www.nagariknews.com/breaking-news/story/34356#sthash.RpZbJPL6.dpuf

No comments :

Post a Comment