04 February 2015

पूर्वराजासँग विद्या भण्डारीको अकस्मात भेट भएपछि…

काठमाडौं,माघ २१ – संयोग पनि कस्तो – आफ्नै महत्वाकांक्षा र हठका कारण २४० वर्षको राजतन्त्र ढाल्ने ज्ञानेन्द्र र एमाले उपाध्यक्ष विद्या भण्डारीको एउटा विमानस्थलमा आकस्मिक जम्काभेट भयो । एकअर्काको स्वास्थ्यस्थिति सोधियो र बुद्द एयरको जहाजमा राजधानीसम्म यात्रा पनि सँगै भयो । शुक्रबार अपराह्न ४ः३५ बजे विराटनगर एयरपोर्टको विशिष्ट कक्षमा बसिरहेकै बेला कटहरीको महापुराण उद्घाटन सकेर विनाताममाझ पूर्वराजा आउँदै गरेको खबर विद्यासमक्ष पुगेपछि कार्यकर्ताले के गर्ने भनी सोध्ने नै भए । शलिनतापूर्वक उनले भनिन्,‘सिनियर सिटिजन हुन, यो नाताले पनि स्वागत गर्दा के फरक पर्ला र ?’ ज्ञानेन्द्र आफ्नी पत्नी कोमल र निजीसचिव सागर तिमल्सिनासहित त्यहीवेला त्यहाँ आइपुगे । नमस्कार आदानप्रदान भयो । एकअर्काको स्वास्थ्यस्थिती सोधियो । ‘तन्दुरुस्तै देखिनुहुन्छ’ । ज्ञानेन्द्रले भने । उनी प्रफुल्ल मुद्रामा देखिन्थे । सायद राजनीतिक प्रश्न सोध्ने मन थियो । बीचमै बद्री मण्डलले भाँजो हालिदिए । विद्याले शिष्टाचार देखाउँदै हाम्रो पूर्वाञ्चलमा स्वागत छ भनिन् । ‘कहिले आउनुभयो’ यतातिर भनेर सोधिन् ।‘चितवन हुँदै आएको एक महिनादेखि यतै छु’ ज्ञानेन्द्रले जवाफ फर्काए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

No comments :

Post a Comment