22 January 2015

जातियतालाइ ब्यांग्य गर्दै माधव ढकाल लेख्छन

क्रिकेट टोलीलाई अग्रगामी परिवर्तन गर्नुपर्छ। चुच्चो नाके बाहुन
क्षेत्रीको दबदबा अब सहन सकिदैन्। क्रिकेटको विकासको लागि निम्न
कुरा हुनैपर्छ नत्र हाम्रो पार्टीले जनताको नाममा सडक आन्दोलन गर्नेछ।
हाम्रा मागहरु
१. पारस खड्काले २००९ देखि हालसम्म कप्तान पदमा बस्नु
भनेको पिछडिएका क्रिकेट खेलाडी माथि ज्यादति हो। उनले तत्काल
राजिनामा दिनुपर्ने।
२. समावेशी रुपमा सबै जातजातिको सहभागिताको व्यवस्था गरिनु पर्ने।
लिम्बुवान तमुवान मधेश ताम्सालिङ लगायतका राज्यका खेलाडीले
प्राथमिकता पाउनु पर्ने।
३. ३३% महिला आरक्षणको व्यवस्था गरिनु पर्ने।
४. समानुपातिक कोटामा कम्तिमा पनि २० खेलाडीको प्रवेश राष्ट्रिय
टोलीमा गराउनु पर्ने।
५. पारस र सोमपालको लोकप्रियतालाई बराबर रुपमा सबै खेलाडिलाई
बाँड्नु पर्छ। उनिहरु मात्र लोकप्रिय हुने अधिकार उनिहरुलाई छैन।
६. मधेसी खेलाडीको सामुहिक प्रवेशको व्यवस्था गरिनु पर्ने।
७. डिभिजन ५ मा भएको नेपाललाइ सिधै ४ डिभिजन घटाएर डिभिजन १
मा पुर्याउन खोज्नेलाई कडा कारवाही गर्नुपर्ने
८. खेलाडी छनोटमा खेल्ने क्षमता भन्दा बढि उस्को जातियतालाइ
प्राथमिकता दिनुपर्ने छ।
९. क्यानडा अमेरिका नेदरल्यान्ड जस्ता देशलाई हराउदा त्यहाँबाट आउने
सहयोग रोकिन सक्ने हुदाँ ति देशलाई हराउने काम तत्काल रोक्नुपर्ने।
१०. प्रशिक्षक नेपाली नै हुनुपर्ने। विदेशी प्रभूको ईसारामा नाच्ने काम बन्द
गरियोस्।

No comments :

Post a Comment