30 January 2015

भारत लैजाँदै गरिएका २४ बालकको उद्धार

झापाबाट उद्धार गरिएका सिन्धुपाल्चोकका बालबालिका । तस्वीर: गोपाल गड्तौला झापाको काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरिएका २४ बालकको नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ । सिन्धुपाल्चोकको मोताङ ८ का ५ देखि १६ वर्ष उमेर समूहका २४ जना तामाङ समुदायका बालबालिकालाई सीमा पार गरिरहेको अवस्थामा १५ माघ बिहान ५ बजे उद्धार गरिएको मााइती नेपाल काँकडभिट्टाका प्रमुख गोबिन्द घिमिरेले बताए । भारतको बैंगलोरस्थित एक गुम्बामा पढाउन भनी लग्दै गरिएका २४ बालक र उनीहरुसँगै रहेका ४० बर्षीय फुतेन तेन्जिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइती नेपालले ति बालकहरुका अभिभावकसँग सम्पर्क गरी जिम्मा लगाउने जनाएको छ । गोपाल गडतौला, झापा

No comments :

Post a Comment