अस्पताल लगियो जहाँ उनको अनुहारमा ठूलो चोट लागेको छ र केही हड्डी समेत फुटेका छन् । अब कम्तिमा पनि ६ हप्ता उनले आराम गर्नुपर्छ । उनी भन्दैछन्, किन आक्रमण गरे केही थाहा भएन, धन्न आँखा जोगियो ।
हो, यस्ता घटना भइरहेका छन् विभिन्न ठाउँमा । विकासको गल्ती के भयो भने आक्रमणकारीले लुट्नका लागि उनलाई गाडी रोक्न ढुंगा हानेका थिए । र, उनले त्यही गरे । तर, गाडीमा भएको अर्को साथी कराएका कारण लुट्न भने पाएनन । यदि तपाईं गाडी चलाउनुहुन्छ भने कसैले यस्तो गर्न सक्छ । यस्तो बेला तपाईं सतर्क हुनुपर्छ । गाडीबाट ओर्लन हुँदैन, र, तत्कालै प्रहरीलाई खबर गर्नुपर्छ । यस घटनामा विचार गर्नुहोस् त पहिला ति आक्रमणकारीहरुले गाडीमा कतिजना छन्, भनेर हेरेका थिए गाडीको नजिकै आएर । यसपछि योजनाबद्ध रुपमा उनीहरुले आक्रमण गरे । घटना भइसकेपछि पछुताउनुभन्दा घटना अघि नै सतर्क बन्नु उचित हुन्छ । त्यसैले गाडी चलाउँदा जहिल्यै आफ्नो डोर लक गर्ने । कोही नजिकै आएर तपाईंको गतिविधि नियालेको छ भने सतर्क बन्ने । र, केही (अन्डा, ढुंगा या सानोतिनो) ले गाडीमा कसैले हानेको छ भने तत्कालै गाडी रोकेर नहेर्ने । किनकि, उनीहरुले यही खोजेका हुन्छन् । सतर्क बन्नुहोस् र यो आफ्ना साथीभाईलाई पनि शेयर गर्नुहोस् ।
No comments :
Post a Comment