दुर्घटनाग्रस्त बिमानमा रहेको डाटा रेकर्डरको आधारमा गरिएको छानबीनले यस्तो खुलासा गरेको हो।
बिमान उडानको समयमा उनले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पुर्याइ पुन ३२
हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इण्डोनेसियामा खोजकर्ताहरुले दुर्घटनामा परेको एअर एसियाको क्यूजेड ८५०१ विमानको ब्ल्याक बक्स र डाटा रेकर्डर फेला पारेपछि दुर्घटनाबारे छानबीन थालेको थियो।
गत डिसेम्बर २८ मा इन्डोनेसियाको सुरबायाबाट सिंङापुरका लागि १ सय ६२ यात्रु सहित उडान भरेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो।
No comments :
Post a Comment