२५ जनवरी २०१५, एडेलेड- एडेलेड नेपाली समाजले 'अष्ट्रेलिया डे परेडमा' सहभागिता जनाउने भएको छ । 'अष्ट्रेलिया डे' अष्ट्रेलियाको आधिकारीक दिवश हो, जुन हरेक बर्ष जनवरी २६ का दिन मनाइन्छ । सन् १७८८ मा आफ्नो सम्राज्य बिस्तारका क्रममा आउँदा ११ वटा ब्रिटिस जहाजमध्येको पहिलो जहाज न्यु साउथ वेल्सको ज्याकसन पोर्टमा आइपुगेको दिनको सम्झनास्वरुप यस दिनलाइ अष्ट्रेलियामा सार्वजनिक बिदा दिएर धुमधामसँग मनाउने गरिन्छ । हालको समयमा यस दिनलाइ अष्ट्रेलियामा रहेको बहु साँस्कृतीक समाज झल्कने गरि नव-आगन्तुकहरुलाइ स्वागत गर्ने पारीवारीक र सामाजीक कार्यक्रमका रुपमा मनाउने गरिएको छ ।
यसै सन्दर्भमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै 'एडेलेड नेपाली समाज' ले सहभागीता जनाउन लागेको जनाएको छ । समाजले सहभागीता जनाउन चाहाने नेपालीहरुलाइ नेपालको संस्कृति झल्कने पोसाकमा अपराह्नको ४.३० बजे ब्लक २ को पोजिसन E (नक्सामा देखाइएको) मा उपस्थितीका लागी अनुरोध गरेको छ । काउन्सिलले अष्ट्रेलियाको कगजको झन्डा दिने भएपनि नेपालको झण्डापनि (भएसम्म) आफ्ना लागी लिएर जान भनेको छ ।
परेड भिक्टोरिया स्क्वायरको फ्रयांक्लिन स्ट्रिटबाट सुरु हुने छ र करिब साँझको ७ बजेसम्म चल्ने छ । त्यसपछि कन्सर्ट र फायर-वर्कस् हुने छ जुन निसुल्क हुने छ । समाजले आफ्नो फेसबुक पेजमा भनेको छ ।
No comments :
Post a Comment