24 January 2015

सावधान ! यस्तो सेक्स हुन्छ खतरनाक

शारिरिक सम्बन्ध स्थापित गर्ने क्रममा धेरैजसो पुरुषहरु आफ्नी महिलालाई आफूभन्दा माथि राख्न रुचाउँछन् । तर पुरुषहरुको यस्तो रुचीले उनीहरुलाई निकै खतरा पुर्याउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
‘वुमन अन टप’ अथवा ‘काउगर्ल’ आसन अपनाउँदा यसले पुरुषहरुको यौनाङ्ग फ्र्याक्चर (पेनाइल फ्याक्चर) हुने गर्दछ ।

नयाँ अनुसन्धानका अनुसार यो जोखिमपूर्ण आसन आधाभन्दा बढि पेनाइल फ्याक्चरको लागि जिम्मेवार हुने गर्दछ । यसको तुलनामा ‘डगी स्टाइल’ यस्तो जोखिमको लागि २९ प्रतिशत जिम्मेवार हुन्छन् भने पुरुष माथि रहने आसन वा ‘मिसनरी’ आसन भने २१ प्रतिशत जिम्मेरवार रहने बताइएको छ ।

एड्भान्सेज इन युरोलोजीमा प्रकाशित उक्त
अनुसन्धानका आधारमा यो तथ्य पत्ता लगाउन ब्राजिलको कैन्पिनास सहरको तीन अस्पतालको तथ्याङ्क अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरुले १३ वर्षको अवधिमा संदिग्ध पेनाइल फ्याक्चर पीडितसँग कुराकानी पनि गरेका थिए । यसमध्ये आधाले पेनिसमा दुखाई सुरु हुनुअघि उनीहरुले भाँच्चिएको आवाज सुनेका थिए । जबकि केहीले पोल्ने गरेको अनुभव पनि सुनाए । अध्ययनको निष्कर्षमा भनिएको छ–हाम्रो अध्ययनको परिणामबाट यो कुराको पुष्टिभएको छ कि वुमन अन टप पोजिसनमा प्रायः महिला आफ्नो पुरै वजनका साथ गतिलाई नियन्त्रित गर्दछन् । यो अवधिमा गलत दिशामा अचानक प्रवेशको प्रयासका कारण पेनाइल फ्याक्चर हुने गर्दछ । साथै अध्ययनमाभनिएको छ–यही यसको विपरीत पोजिसनमा जब गतिको नियन्त्रण पुरुषले गर्दछन् तब पेनाइल फ्याक्चरको सम्भावना कम हुन्छ ।

ब्राजिलको क्याम्पिनाजमा विगत १३ वर्षमा आएको ४४ पेनाइल फ्याक्चरमध्ये ४२ केसहरु यहि आसनका कारण भएको पत्ता लागेको छ । - ratopati

No comments :

Post a Comment