21 January 2015

सत्तापक्षको अवको बाटो

-मिलन दाहाल
नेपालमा २०५२ सालदेखी निरन्तर शान्तीको अपहरण गरेर बिजय जुलुस मनाइरहेका जंगली आतंककारी हरुको एक झुण्डले आफ्नो असली रुप भर्खरै संबिधानसभा भवनमा देखाइसकेका छन र तिनीहरुबाट कुनै पनि हालतमा यस देसको बिकास हुन सक्दैन र तिनीहरुलाइ भोट दिनु जनताको गल्ति थियो भन्ने प्रमाणित भइसकेको छ ।  दुइ तिहाइ जनताका प्रतिनिधी सत्तापक्षको पक्षमा हुंदा पनि जनताको लागी लडेको भनेर दिग्भ्रमित पार्न खोज्दै केही भाडा टट्टुहरु सडकमा उतारेर जनतालाइ हदैसम्मको दुख दिइरहेका यो झुण्डले संविधान निर्माण प्रकृयामा निरन्तर अवरोध गरिरहेका छन् ।

२०४७ सालको संविधानलेनै एउटा बिकाशशिल देसका लागी चाहिने अाधारभुत सम्पुर्ण कुराहरुको व्यबस्था गरिदिएको अवस्थामा त्यसको बिरोध गरिनु आफैंमा एक अर्थहीन कुरा त थिदै थियो त्यसमाथी बिश्वमा लोप हुदै गैरहेको राजसंस्था र ८२% भन्दा बढी हिन्दुहरु भएको 'हिन्दुराष्ट्र' लाइ धर्म निरपेक्षतामा लैजान दवाव दिनु र त्यसमा अरु दलले सहमती दिएर शिर निहुराउनुले यी बादरका झुण्डहरुको आत्मबल बढ्दै गयो र यीनमा यस्तो मनोबृत्तीको बिकास भएर गयो कि यीनलाइ लाग्न थालयो अव यस देसमा यीनले जे चाहान्छन त्यही हुदै जानेछ ।

हामीले भन्ने गरेका थियैां अव यिनिहरुको पतन निश्चित छ तर अव पतन कुरेर बस्दा धेरै ढिला हुनेछ भन्नेबेला भइसकेको छ । न्याय र स्वतन्त्रताप्रेमी नेपाली जनताले शान्ती अनुभुत गर्नकै लागीमात्र पहिलो संबिधान-सभाको निर्वाचनमा यिनलाइ राम्रै मत दिएका थिए । यसरी मत दिनुका पछाडी एउटैमात्र कारण के थियो भने जंगलमा बसेर मान्छेको सिकार गर्ने नरभक्षिहरुलाइ समाजमा ल्याइ आचरण सिकाएर मान्छे बनाउ । तर कुकुरको पुच्छर १२ बर्ष ढुंग्रमा हाल्दापनि जस्ताको तस्तै भनेजस्तो माआोबादी नामका जंगली जनावरहरुले मानविय आचरणको बिकास गरेर आफुलाइ परिवर्तन गर्नुको साटो हाम्रो समाजलाइ पतन गराएर हामीलाइ नै बिकृत पार्ने आफ्नो दुस्साहसलाइ जारी राखे । जनताका लागी लडेको फलाकेर कहिल्यै नथाक्ने र जनता र देसको नाममा सैयौं निर्दोष जनताको हत्या गरेका यिनीहरुकै हातमा देसको बागडोर जिम्मा लगाउदा पनि देस र जनताका लागी एउटा माख्खो नमारेका तर अाफ्नो जीवनशैलीमा आमुल परीपर्तन गरेका यस झुण्डकै कारण युगमा एकपटक हुने संबिधान सभाको निर्बाचन बच्चाको खेल बन्न पुग्यो र अरबैा खर्च गरेर भएको निर्बाचन र चारबर्षसम्म ६०१ सभासद नामका पशुहरुलाइ तलब-भत्ता खुवाउदा पनि देसलाइ जम्मा एउटा कागजको खोष्टो दिन नसकेर देस पुन: अर्बौं खर्च गरेर दोस्रो संबिानसभाको निर्वाचनमा जान बाध्य भयो । पहिलो संबिधान-सभाको निर्बाचना ठूलो आकार दिदापनि केही गर्न नसकेको र केही गर्नपनि नदिएकाले दोस्रो संविधान-सभाको निर्वाचनमा जनताले त्यो झुण्डलाइ निकै सानो आकार दिए । सानो भएपनि आकार यसकारण दिए कि फेरी जंगलै फर्किनहालुन । यसमानेमा नेपाली जनताले तिनीहरुलाइ आफुभित्र  मानबीय आचरण बिकास गरेर हाम्रै समाजमा समाहित हुन दोस्रो मैाका दिए ।

दोस्रो मैाका पाउदा समेत अाफुमा मानबिय गुणको बिकास नगरेर अाफ्नो राजनीति दाउमा लगाएर भएपनि यिनीहरुलाइ परिवर्तन गराइछाड्न खोज्ने नेपाली काग्रेसमा नेता स्व. गिरिजाप्रसाद कोइरालालाई नै गलत साबित गरइदिए । २०५७।५८ सालमा माअोबादीलाई राजनीतिमा ल्याउने कि पेलेर जाने भन्ने बिषयमा नेपाली राजनीतिमा निकै ठुलो बहस चलेको थियो । यस्ता जंगलीलाई कुनै हालतमा समाजमा स्थापित गर्न सकिन्न भन्ने आफ्नै पार्टीभित्रको बहुमतलाई स्व. गिरिजाप्रसादले एक्लैले पेलेर समाजमा ल्याएपछी जनताले परीवर्तन गराईछाड्छन भन्ने हेतुले हदैसम्मको लचकता अपनाएर माअोबादीहरुलाइ "बुलेटबाट ब्यालेटसम्म" ल्याइछाडेका थिए । गिरिजाप्रसादको दृष्टीकोणपनि गलत थिएन, किनभने प्रजातन्त्र भनेकै त्यही हो जसमा जनताले अाफ्नो सासक आफैं चुन्छन । प्रजातन्त्रको आकर्षक पक्ष भनेको पनि यही नै हो । जनताले गर्दैपनि छन आफ्नो ठाऊबाट । त्यसैले पहिलो निर्वाचनमा करिब बहुमत नै दिएका जनताले दोस्रो निर्वाचनमा एक तिहाइभन्दापनि निकै सानो आकार दिए । तैपनि तिनमा चेतना आउनुको साटो भोट नदिने जनतालाई राम्रो काम गरेर मनाउनुको साटो जंगली शैलीमा 'हामीलाई किन जिताएनौं...??, अब हेर तिमीहरुलाइ यसको सजाय हामी के दिन्छैां....." को शैलीमा जनतालाई झन दुख दिन तम्सिरहेका छन र जनता र सबैको सहनसीलतालाइ कमजोरी ठानिरहेका छन् । जंगलमा उनिहरुसंग पैसा थिएन तर सुमधुर सपनामा बेचिएका जनताको साथ र सहानुभुती थियो त्यसैले कुनै शक्तीले तिनीहरुलाई परास्त गर्न सकेको थिएन तर सत्तामा पुग्नासाथ पैसा देखेपछी जनता बिर्सिए र देश लुटेर आफ्नो थैलो भरे र त्यसैलाइ सर्व शक्तीको पोको ठानेर दिग्भ्रमित हुदा दोस्रो संबिधान-सभा निर्वाचनमा आफ्नो आैकात देखे । तैपनि पैसाले ढाकेको तिनको बुद्दीको ढक्कन खुलेन र जनसास्तिमा सीमा नाघेर लागि परेका छन् । यिनिहरुको पतन निश्चित छ भनेर भन्न जरुरी अव छैन, किनभने नेपाली जनताको मन भित्र माअोबादीको अव कतै नामोनिसान छैन् । सडकमा तोडफोडमा उत्रिएका भाडाका टट्टटुहरु भाडा पाउन छाडेपछी आपसेआप पाखा लाग्नेछन् । कांग्रेस-एमालेले आफ्नो ठाँऊ छाड्नु अव किमार्थ हुदैन किनकी तल्लो भन्दा तल्लो तप्काका नेपाली जनताले बुझिसकेका छन देशमा दिगो शान्तीबिना आर्थिक बिकास सम्भव छैन र दिगो आर्थिक बिकासबिना गरिबी हट्न सक्दैन् । सत्तापक्षले अव चाडोभन्दा चाडो प्रक्रियाबाट संबिधान बनाएर कानुन मिच्ने जो सुकैलाइ कढघरामा उभ्याउने बाताबरण बनाउनुपर्छ । प्रचण्ड-बाबुरामले भन्नेगरेको देश केबल उनिहरुको परीवारमा सिमीत छ, र तिनीहरुको अान्दोलन केबल उनिहरुले बिना-बाधा देश लुट्न पाउनुपर्छ भन्ने कुराका लागी मात्र हो । 
जय देश !

No comments :

Post a Comment