01 December 2014

गोरखामा पारपाचुके बढ्यो

१५ मंसिर २०७१,  गोरखा—गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढेको छ । गत वर्ष सम्बन्धविच्छेदका ८९ थान मुद्दा दर्ता भएकामा चालु आवको पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएको हो। त्यसमध्ये १२ जोडीले भने सम्बन्धविच्छेद गरिसकेका छन्। श्रीमान् विदेशिएका महिला सम्बन्धविच्छेदका लागि जिल्ला अदालत गोरखा आउने क्रमः बढेको अदालतले जनाएको छ। जिल्ला अदालत गोरखाका
स्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईका अनुसार पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएकाले यो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या झनै बढ्ने देखिएको छ।

श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि जेठीले सम्बन्धविच्छेद गर्ने गरेका छन् । "प्रायःगरी श्रीमान्भन्दा श्रीमतीहरु नै सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत आएको देखेका छौँ" भट्टराईले भने, 'दम्पतीमध्ये श्रीमान्ले सम्बन्धविच्छेद गर्न चाहेमा गाविसदेखि नै प्रक्रिया थाल्नुपर्छ। श्रीमतीको हकमा भने सिधै जिल्ला अदालत आउन सक्छिन्।' कतिपय महिला भने घरेलु हिंसाको कारण देखाएर सम्बन्धविच्छेद गर्ने गरेका छन्।

'सम्बन्धविच्छेद गरेपछि श्रीमान्ले श्रीमतीलाई नगद पैसा वा जग्गा दिने गरेका छन्', भट्टराईले भने, 'प्रायःगरी जोडीहरुले समझदारीमा केही पनि नलिने गरेको पनि देखिएको छ।' सम्बन्धविच्छेदपछि दम्पतीहरु स्वतन्त्रपूर्वक आफ्नो बाटो लाग्न सक्छन् । रासस - See more at: 

No comments :

Post a Comment