01 December 2014

सर्बहारा नेताको छोराको बिहे पुजीपतिको सरह

१६ मंसिर २०७१, काठमाण्डौं- स्थानिय विकास मन्त्री समेत भईसकेका मन्त्री टोप बहादुर रायमाझीको छोराको बिवाहमा भारतीय पैसाको मालाले गला भरिएको देखिन्छ भने बुहारीको गलामा  सुनले ढपक्क ढाकेको प्रष्ट देखिन्छ । नेपाली सर्बहारा बर्ग र शोषित पिंडित जनताको मुक्तीको लागि भनेर नेपालमा शुरु भएको जनयुद्दमा भावना विपरित हिडिरहेको नेताहरुले पछिल्लो समयमा जनताको अगाडि दिएका आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्दाहरुलाइ देखाएको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँच रुपयाँमा विवाह
गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ ।


‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ?  गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको विवाहले त्यो प्रश्न भने उठाएको छ ।  स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, रायमाझीको बुहारीको गलामा देखिएको सुन । जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ ।

जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ?  सत्य कुरा बन्नु पर्दा गरिब र सर्बहारा बर्गको साथ लिएर जो माओबादी ले युद्ध लडेको थियो। हरेक ठाउमा गरीब र सर्बहारा बर्गहरु लाइ जो प्रयोग गरेको माओबादी आज आएर तिनै गरीब र सर्बहारा लाइ जो पाखा लाएको प्ररस्त देखिंछ। गरीबहरुले आधा पेट खाएर पालेको माओबादी आज आएर गरीबको भावना माथि खेलवाड गरेको छ।

No comments :

Post a Comment