नुवाकोट जिल्लाको उत्तरपूर्वी भेगका घ्याङ्फेदी, उर्लेनी, बेतिनी, बालकुमारी, गाउँखर्क, शिखरबेँसी, रालुकादेवी गाउँ विकास समितिका महिला बढी बिक्री हुँदै आएका छन्। पहिलेजस्तो सिधै बिक्रीका लागि सडक मार्गबाट भारत नलगी विभिन्न रोजगारीका नाममा महिला बिक्रीका घटना बढेको छ। वैदेशिक रोजगारीका लागि राहदानी बनाएर हवाईमार्ग मार्फत भारत लगेर महिलाको बिक्री हुन थालेको छ।
अहिलेसम्म कम्तीमा ५० हजारभन्दा बढी महिला यौन बजारमा बिक्री भएको अनौपचारिक तथ्याङ्क रहेको छ। सरकारले महिला बिक्री रोकथामका लागि प्रभावकारी रुपमा रोजगारमूलक कार्यक्रम र योजना लागू नगर्दा बिक्रीमा कमी आएको छैन। रासस

No comments :
Post a Comment