29 November 2014

पूर्व राजा ज्ञानेन्द्रका स-परिवार नगरकोटमा

१३  मंसिर २०७१, नगरकोट काठमाडौंमा सार्कको माहौलमा विदेशी पाहुना आइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र स-परिवारसहित नगरकोट गएका छन्। नगरकोटस्थित क्लब हिमालयका १५ वटा कोठा लिएर उनीहरू गत बिहीबारदेखि पारिवारिक जमघटमा व्यस्त छन्।
५ दिनका लागि भनेर उनीहरू त्यहाँ बसेको भएपनि उनीहरूको बसाइ लम्बिनसक्ने क्लब हिमालय स्रोतले जानकारी दिएको छ।
पूर्व राजपरिवारको जमघट भएको क्लब हिमालयमा सुरक्षा व्यवस्था कडा पारिएको स्रोतले जानकारी दिएको छ।

No comments :

Post a Comment