29 November 2014

२०१५ मा घुम्नै पर्ने फोब्सको ठाउँमध्ये नेपाल उत्कृष्ट दश स्थानमा

१३ मंसिर २०७१,  सन् २०१५ मा घुम्नैपर्ने ठाउँमध्ये नेपाल पनि उत्कृष्ट १० मा परेको छ। विश्व चर्चित पत्रिका फोर्ब्सका अनुसार सन् २०१५ मा घुम्नै पर्ने १० सुन्दर ठाउँमध्ये नेपाल पनि उत्कृष्ट नौमा परेको छ। फोर्ब्समा एन एबेलद्वारा लेखिएको एउटा आलेखमा नेपाललाई ट्रेकिङ्गको स्वर्ग भनेर बयान गरेकी छिन्। उनले विस्तारै आरामदायी गन्तव्य बन्दै गएको बताउँदै नेपालको कलात्मक संस्कृतिको प्रशंसा गरेकी छिन्। उनले नेपालको हिमाल, मन्दिर, गुम्बाहरु घुम्न सुझाएकी छन्।

एनले फेवातालमा देखिने हिमाली छायाँको चर्चा गर्दै यहाँका हिमालय र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य भएको उल्लेख गरेकी छन् । 
नेपालका गुम्बा र मन्दिर घुम्दै फेवातालमा डुंगा चढ्न पनि उनले सुझाव दिएकी छन् ।
फोर्ब्समा लेख्दै एनले नेपालको ट्रेकिङलाई स्वर्गका रुपमा ब्याख्या गर्दै नेपाल बिस्तारै आरामदायी गन्तब्य बन्दै गएको तर्क गरेकी छन् ।
सन् २०१५ मा घुम्नै पर्ने देशहरुको पहिलो सूचीमा आइसल्यान्ड, त्यसपछि मोरक्को, भियतनाम, अमेरिकाको नेशनल पार्क टप टेन सूचीमा पर्ने अन्य ठाउँहरुमा आइसल्याण्ड, अमेरिकन प्यारालाइफ रिजर्भ, तास्मानिया, कोलोम्बिय, जापान, मोरोक्को, श्रीलंका र भियतनाम आदि छन्।

No comments :

Post a Comment