18 November 2014

इन्फ्रास्टक्चर बैंककाे २० लाख रुपैयाँ लुटियो, एक पक्राउ

fire- Money२ मंसिर २०७१, रौतहट    - चन्द्रनिगाहपुरमा रहेको एसबीआई बैंकबाट झिकिएको २० लाख रुपैयाँ उक्त बैंकको गेटमै लुटिएको छ । लुटिएको रकम चन्द्रनिगापुरकै इन्फ्रास्टक्चर बैंकको रहेको प्रहरीले जनाएको छ । मंगलबार अपरान्ह इन्फ्रास्टक्चरका सहायक प्रबन्धक उज्जवल रिजाल र  सुरक्षा गार्ड तेजबहादुर कार्कीले एसबीआईबाट रकम झिकेर बाहिरिए लगत्तै उनीहरुमाथि लुटेराले आक्रमण गरेका थिए ।
मास्क लगाएका लुटेराले गोली चलाएर रकम भएको झोला लुटेर भागेका थिए । गोली लागेर गार्ड कार्की घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रिजाललाई केही भएको छैन ।
घट्ना लगत्तै सक्रिय भएको प्रहरीले चन्द्रनिगापुरको पश्चिम जंगलबाट शंकास्पद २ वटा मोटरसाईकल र एक युवालाई नियन्त्रणमा लिएको छ । युवकलाई प्रहरीको गोली लागेको छ । उनी लुटेरा मध्यैकै एक रहेको डीएसपी नेत्रमणि गिरीले बताए । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति सिन्धुली पिपलमाडी-१ नारायण राई रहेको र उनलाई उपचारका लागि बीरगंज पठाईएको छ । लुटेरा समूहको अन्य तीन जना भागेको राईलाई उदृत गर्दै डीएसपी गिरीले बताए ।

No comments :

Post a Comment