30 April 2016

चीन-अमेरीका युद्द हुनसक्ने, चीनले रोकिदियो अमेरीकी एयरक्रफ्ट

३० अप्रिल २०१६, बेइजिङ: चीनले अकेरिकन एयरक्राफ्ट क्यारियर युएसएस स्टेनिसलाई हङकङ पोर्टमा आउने क्रममा रोकिदिएको छ । 
आफ्नो एयरक्राफ्ट क्यारियरलाई चीनले रोकेको घटनाको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ। 
चीनले अमेरिकन एयरक्राफ्ट क्यारियरलाई रोक्नुको कारणबारे केही खुलेको छैन । चीनको यो कदमले यी दुई देशबीच तनाव बढेको छ । 
अगस्त २०१४ पछि पहिलो पटक चीनले अमेरिकन युद्धक जहाजलाई हङकङ पोर्टमा जान पहिलो पटक रोकेको हो ।
पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले भने, 'चीनले हाम्रो युद्धक जहाज बोक्ने क्यारियरलाई चीनले हङकङ पोर्टमा पस्ने अनुमति नदिएको खबर आएको छ ।चीनले रोकेका एयरक्राफ्ट क्यारियरमा अमेरिकन जोन सी स्टेनिस पनि सामेल थियो ।' 
अर्कातिर चिनियाँ विदेश मन्त्रालयले साउथ चाइना मर्निङ्ग पोस्टलाई बताए अनुसार पोर्टमा प्रवेशको अनुमतिलाई तत्कालिक परिस्थिति र सार्वभौम सिद्धान्तका आधाररमा खारेज गरिएको हो ।'
समाचार अनुसार १५ अप्रिलमा अमेरिकन रक्षा सचिव एस्टन कार्टर यो क्यारियरलाई राखिएको साउथ चाइन सी मा पुगेका थिए । उनले त्यहाँ पुगेर आवश्यकता परेमा अमेरिकाले चीनविरुद्ध फिलिपन्सलाई सघाउने बताएका थिए । 
चीन र अमेरिका दुबै साउथ चाइना सीमा समु्द्री सैन्य गस्ती गरिरहेका छन् । अमेरिकाले साउथ चाइना सीमा २७४ सेना र पाँच ए-१० युद्धक जहाज पनि तैनाथ गरेको छ। यो टोली यस महिनाको अन्त्यसम्म त्यहाँ रहनेछ । 

No comments :

Post a Comment