19 January 2016

अोछ्यानमा सुतिरहेका पुरुषको हत्या

Murder१९ जनावरी २०१६, बुटवल‍- रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ कुमारी भन्ने स्थानमा एक पुरुषको हत्या भएको छ ।
सोमबार बेलुका करिब १० बजेतिर घरको ओछ्यानमा सुतिरहेको अबस्थामा ४५ बर्षका पदम थापाको हत्या भएको हो । हत्या भएको समयमा उनकी श्रीमती घरबाहिर रहेकोले थप आशंका बढेको छ ।
उनीहरुले १० बजेसम्म खाना समेत खाएका थिएनन् । दैनिक मदिरा सेवन गरेर घर परिवारका सबै सदस्यलाई दुःख दिने, पिट्ने गरेको उनकी श्रीमती रेनु थापाले प्रहरीसँगको बयानमा भनेकी छन् ।

टाउकोमा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए । ‘हत्या शंकास्पद छ, आफ्नै घरमा सुतेका थापाको हत्याले आशंका समेत पैदा गरेको छ, यसबारेमा अनुसन्धान शुरु गरेका छौैं’-डिएसपी खड्काले भने ।
डिएसपी खड्का नेतृत्वको टोली राती १ बजेदेखि आज बिहान ८ बजे सम्म घटनास्थलमै खटेको थियो । थापाका श्रीमती, छोरा र छोरी छन् । एक तले घरमा ३ वटा कोठामात्र छन् र उनीहरु मात्र बस्थे ।

No comments :

Post a Comment